‘वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया’ सम्पन्न «

‘वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया’ सम्पन्न

नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एसिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह्रथुमको म्याग्लुङ बजारमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनरको प्रमुख आथित्यता तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको विशेष आथित्यतामा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बैंकिङ कारोबार खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहँुच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनि रहेका सम्पूर्ण नेपालीहरूको जीवनस्तर उकास्ने अभिप्रायले नेपाल सरकारले आव ०७५÷७६ को बजेटमा व्यवस्था भए बमोजिम ‘शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरूको निजी आवास निर्माण एवं व्यावसायिक कृषि तथा पशुपन्छीका लागि प्रदान गरिने कर्जाहरूमा तोकिएको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५” लाई लागू गरेको र सोही कार्यविधिअन्तर्गत उक्त कार्यक्रममा एनआईसी एसिया बैंक लिमिटेड म्याग्लुङ शाखाबाट तीनजना ग्राहक महानुभावहरूलाई व्यावसायिक कृषि परियोजनाअन्तर्गत सहुलियत कर्जा प्रदान गरिएको छ ।उक्त कार्यक्रममा कर्जा उपयोग गर्ने तेजबहादुर बस्नेत, विष्णुप्रसाद सुबेदी र नरेन्द्रकुमार सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी तथा विशेष अतिथि नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जा सुविधा प्रस्तावपत्र हस्तान्तरण गरे । उक्त कार्यक्रममा म्याग्लुङ बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक तथा जनता बैंकका शाखा कार्यालयहरूबाट समेत ग्राहक महानुभावहरूलाई कर्जा सुविधा प्रस्ताव हस्तान्तरण  गरिएको  थियो । कार्यक्रमका प्रमुख अतिथि शिवाकोटीले ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा विशेष सहयोग तथा सहकार्य गरेकोमा एनआईसी एसिया बैंकलाई धन्यवाद दिए ।उनले यस्ता कार्यक्रममा कर्जा विस्तार गरी राष्ट्र विकासमा थप योगदान पु¥याउन वाणिज्य बैंकहरूलाई विशेष आग्रहसमेत गरे । 

 

प्रतिक्रिया दिनुहोस्