गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्व सञ्चारमन्त्री बस्नेत «

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्व सञ्चारमन्त्री बस्नेत

पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राखे । शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उनले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताए ।
समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरुलाई सेवा गरे बापत प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राखे । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताए । नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्