जनता बैंकमा विशेषज्ञ सञ्चालक नियुक्ति

जनता बैंक नेपाल लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मीनाकुमारी सैजुलाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको भन्दै बैंकले सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले बुधबारनै उनलाई पद तथा गोपनियताको शपद ग्रहण गराएको जनाएको छ । बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लिमिटेडबाट वि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवानिवृत्त भएकी हुन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तिले बैंक सञ्चालनमा धरै सहयोग प्राप्त हुने विश्वास बैंकले लिएको पनि जनाएको छ ।