सेयर बजारमा साढे १० अर्बको कारोबार «

सेयर बजारमा साढे १० अर्बको कारोबार


सेयर बजारमा कारोबार रकम र परिसूचकले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेका छन् । साताको दोस्रो दिन सेयर बजार मापन गर्ने नेप्से परिसूचक सोमबार ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेको हो । नेप्से परिसूचकमा उछाल आएको दिन कारोबार रकममा समेत नयाँ रेकर्ड कायम भएको छ । सोमबार २ सय ६ कम्पनीको २ करोड कित्ता सेयर १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बारबरमा किनबेच भएको छ । साताको पहिलो दिन पनि नेप्से परिसूचक र कारोबार रकम दुवैमा नयाँ उचाई कायम भएको थियो । आइतबार परिसूचक ४८.७४ अंकले बढ्दा १० अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
अघिल्लो दिन लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिँदा बजारमा उछाल आएको थियो भने सोमबार भने बैंकहरुमा लगानीकर्ता आकर्षित भए । सोमबार लघुवित्त समूहको परिसूचकसहित व्यापार, जलविद्युत, निर्जिवन बिमा, उत्पादनमूलक समूहको परिसूचक घट्दा वाणिज्य बैंक समूहको परिसूचक ३.६५ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूहको परिसूचक पनि ३.४७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रभु बैंकको ५८ करोड ४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा नबिल बैंकको ३२ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा भने गरिमा विकास लघुवित्त अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्