Logo

अमेरिकाले चीनलाई डब्लूटीओबाट बाहिरिन बाध्य पार्ने !

वासिङटन-अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ आर्थिक सल्लाहकारले चीनलाई विश्व व्यापार संगठन (डब्लूटीओ) बाट निलम्वन गर्ने सुझाव दिएका छन् ।
बीबीसीसँगको अन्तर्वार्तामा राष्ट्रपतिको काउन्सील अफ इकोनोमिक एडभाइजरका अध्यक्ष केभिन हासेटले चीनले संगठनको सदस्यको रुपमा गलत व्यवहार गरेको बताएका छन् ।यो संगठनबाट अमेरिका असफल भएको दावी उनले गरेका छन् ।
अन्तर्राष्ट्रिय व्यापारमा राष्ट्रपतको ‘हार्डबल’ रणनीतिले काम गरिरहेको हासेटले बताए ।
संगठनमा राष्ट्रपति ट्रम्प प्रशासनले लिएको आत्मसात गरेको विधिलाई अन्य धेरैले समस्यापूर्ण भएको बताएका छन् ।
डब्लूटीओले विश्वलाई आधुनिकिकरण गर्नका लागि धेरै महत्वपूर्ण ऐतिहासिक भूमिका निर्वाहा गरेको हासेटले बताए । तर उनले यसले अमेरिकालाई धेरै किसिमबाट असफल बनाएको पनि बताए ।
सामान्यतया संगठनमा ल्याइएका धेरैजसो मुद्धामा अमेरिका विजयी भएको तर यसका लागि ५ देखि ६ वर्ष लागेको र उक्त अवधिसम्म हुनुपर्ने क्षती पूर्ण रुपमा भइसकेको पनि उनले बताए ।
संगठनले विभिन्न मुलुकसँगको व्यवहारमा सक्षम हुनुपर्ने आवश्यकता भएको उनले बताए । जुन मुलुकले नियम मान्दैनन् र दण्ड जरिवाना अत्यन्त न्यून हुने भएकाले हार्नका लागि पनि तयार हुन्छन्, यस किसिमका मुलुकसँगको व्यवहारमा संगठन सक्षम हुनुपर्ने पनि उनले बताए ।

चीनलाई हटाउने
उनले गरेको तर्कको प्रश्न द्विपक्षिय छलफलबाट समाधान गर्न सकिन्छ भन्ने रहेको छ । यसका लागि डब्लूटीओमा सुधार गरेर तथा चीनलाई यो संगठनबाट हटाएर गर्न सकिने उनले बताए ।
यो अन्तिम अमेरिकी नीति भने होइन । यो अन्तिम हो र तीन विकल्प मध्येको कम प्राथमिकताको भएको हासेटले बताए । उनले यसलाई प्रश्नको रुपमा राखेका छन् । “के हामी चीनलाई विश्व व्यापार संगठनबाट अलग पार्न सक्छौ ।”
यो सम्भव नहुन सक्छ । यो अमेरिकी प्रशासनमा वरिष्ठ अधिकारीले सुन्नेछन् विषयमा पनि आश्चर्यमय हुनेछ ।

 बीबीसी

प्रतिक्रिया दिनुहोस्