भेरी सहकारीको मुनाफा एक करोड «

भेरी सहकारीको मुनाफा एक करोड

नेपालगन्ज, २३ पुस (कास): भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगन्जले १ करोड ७ लाख ७८ हजार ५ सय ४१ रुपैया मुनाफा गरेको छ । संस्थाको शनिबार नेपालगन्जमा भएको २२ औ साधारण सभा कार्यक्रममा सो जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष बसन्त लामिछानेद्वारा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष ७-७३ मा ९३ लाख १५ हजार २३ रुपैंया ४ मुनाफा गरेको उल्लेख छ ।
१ करोड ८५ लाख २५ हजार ४ सय चुक्ता पँुजी रहेको उक्त सहकारीले यस आर्थिक वर्षमा २० करोड ७लाख ५९ हजार ९ सय ५२ रुपैया निक्षेप गरेको छ भने कर्जातर्फ २३ करोड ९५ लाख७० हजार ५ सय रहेको छ ।
२०५३ साल फागुन २४ गते स्थापना भएको सो सहकारीको हाल ३ हजार ३ सय ३८ सेयर सदस्य रहेका छन । संस्थाका अध्यक्ष लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रिय सदस्य देवबहादुुर केसी, विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, अथितिहरुमा जिल्ला सहकारी संघका सदस्य विन्दा खरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका केन्द्रीय सदस्य देब बहादुर केसीले जिल्लामा रहेका सम्पूर्ण सहकारीहरु सहकारी ऐन हनुुसार पुुस महिनाभित्रै स्थानीय तहमा सूचीकृत हुुनुु पर्ने बताए । उनले यस भेरी सहकारीले बाँके जिल्लामा रहेर सहकारी ऐन अनुुसार कार्य गरेको भन्दै आगामी भविष्यमा बाँकेको सहकारीहरुमध्ये नमूनाको रुपमा परिचित हुुन र कार्यदिशामा अगाडि बढ्न समेत शुुभकामना दिए ।
सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बाँके जिल्लामा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार नियमन र कानुुनी प्रक्रियामा ल्याउने तयारी भएको जानकारी दिइन् । बाँके जिल्लामा ४०९ वटा सहकारी रहेका छन । कार्यक्रममा तिन जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा बेलभार ५ का गुुरुदेव शरण मिश्र,कोहलपुुर–८ का डिलबहादुुर थापा र बनकटवा ९ निवासी भैरवी कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्