नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा भक्तपुरको सिरुटारमा

नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–१, सिरुटारमा आफ्नो ९९ औं शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । उक्त शाखाको पूर्व उद्योग मन्त्री महेश बस्नेतले उद्घाटन गरे ।
बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराएका थिए । सोही अवसरमा शाखा परिसरमा एटिएम बुथको पनि सुभारम्भ गरिएको थियो ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।
सिरुटार शाखासहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।