बैंकर्स संघमा ढुंगाना «

बैंकर्स संघमा ढुंगाना

 नेपाल बैंकर्स संघको अध्यक्षमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । ढुंगाना आगामी दुई वर्षका लागि संघको अध्यक्षमा चुनिएका हुन । अध्यक्षमा ढुंगानाबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । संघमा उपाध्यक्ष रहेका ढुंगानाले संघका तत्कालीन अध्यक्ष अनिल शाह मेगा बैंक छाडेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संघका पदाधिकारीले निर्वाचित हुँदाको बैंक छाडेमा स्वतः पद खारेज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्