Logo

डिजेल र पेट्रोलको मूल्य दुई रुपैयाँ बढ्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले १६ जनवरीमा पठाएको मूल्य बढेर आएकाले निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् छ ।
मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र खाना पकाउने एलपजी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ । निगमले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्