निगमको सवा २ अर्ब लाभांश पारित «

निगमको सवा २ अर्ब लाभांश पारित

नेपाल आयल निगमको ३९ औं साधारणसभाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । यससँगै निगमका सेयरधनीले लाभांशवापत २ अर्ब २० करोड रुपैयाँ प्राप्त गर्नेछन् । निगममा सरकार र सरकारका विभिन्न निकायको ९९ प्रतिशत सेयर रहेको छ ।
निगम नाफामा गएसँगै पछिल्लो चार वर्षदेखि सरकारलाई बोनश तथा लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७६-७७ मा निगमले १२ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ । २० प्रतिशतका दरले २ अर्ब २० करोड लाभांश रकम दिने निर्णय गरेको निगमले जानकारी दिएको छ । निगम नाफामा गएसँगै आर्थिक वर्ष २०७३-७४ मा १४ करोड, आव ०७४-७५ मा १० अर्ब ७१ करोड बोनश वितरण गरेको थियो । यस्तै आव, ०७५-७६ २ अर्ब २० करोड लाभांश वितरण गरेको थियो निगमले चुक्ता पुँजी २९ करोडबाट पु-याएर पछिल्लो चार वर्षदेखि निगमले आफना सेयर होल्डरलाई २० प्रतिशतदरका दरले लाभांश तथा बोनश समेत बाँड्दै आएको छ ।
आर्थिक वर्ष २०७२-०७३ देखि नियमितरुपमा नाफाबाट निगमले आफ्नो चुक्ता पुँजी २९ करोडबाट बढाएर ११ अर्ब पु-याएको छ । निगम नाफामा गएसँगै सेयर होल्डरलाई लाभांश वितरण गर्न थालेको छ । निगमका ९९ प्रतिशत सरकार र बाँकी एक प्रतिशत अन्य कम्पनीको सेयर रहेको छ ।
निगममा अर्थ मन्त्रालयको ७३ प्रतिशत अर्थात ८ अर्ब ७५ करोड ४ लाख ९ हजार १ सय सेयर रहेको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २० प्रतिशत अर्थात २ अर्ब २३ करोड ५२ लाख ५७ हजार ६ सय रुपैयाँ सेयर रहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ५ प्रतिशत अर्थात ६३ करोड ४१ हजार चार सय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ०.२६ प्रतिशत अर्थात २ करोड ८२ लाख १५ हजार २ सय, राष्ट्रिय बिमा कम्पनीको ०.१५ प्रतिशत अर्थात १ करोड ६९ लाख २९ हजार एक सय प्रतिशत सेयर रहेको छ । यस्तै, नेपाल बैंक लिमिटेडको ०.७७ प्रतिशत ८४ लाख ६४ हजार ६ सय र राष्ट्रिय वाणिज्य बैंकको ०.५१ प्रतिशत अर्थात ५६ लाख ४३ हजार कित्ता सेयर रहेको छ ।
निगमले आर्थिक वर्ष २०७६-७७ मा १२ अर्ब ९० करोड नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्