प्रभु बैंकको सेवा जिल्ला प्रशासन कार्यालय सुर्खेतको परिसरबाट «

प्रभु बैंकको सेवा जिल्ला प्रशासन कार्यालय सुर्खेतको परिसरबाट

सुर्खेत- प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय सुर्खेत परिसरबाट सेवा दिन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवाका लागि बिहीबारदेखि कार्यालय परिसरमा स्थापना भएको प्रभु बैंकको विस्तारित काउण्टरबाट सेवा दिन थालिएको हो ।
विस्तारित काउण्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कार्यालयमा प्रभु बैंकको सेवा विस्तारसँगै कार्यालयका आर्थिक गतिविधिलाई बैंकिङ्ग कारोबार गर्न सहज हुने बताए । प्रभु बैंकका प्रादेशिक कार्यालयका प्रवन्धक शरद तिमिल्सेनाले बैंकको शाखा तथा सेवा कार्यालय विस्तार गर्ने रणनीति अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सेवा विस्तार कार्यालय खोलिएको बताए ।
बैंकको सेवा विस्तारसँगै जिल्ला प्रशासनमा हुने कुनै पनि राजश्वहरुलाई बैंकिङ्ग कारोबार गर्न सहज हुने हेतुले बैंकको सेवा कार्यालय खोलिएको प्रबन्धक तिमिल्सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्