चिनियाँ जीडीपीमा ८.२ प्रतिशत वृद्धिको सम्भावना «

चिनियाँ जीडीपीमा ८.२ प्रतिशत वृद्धिको सम्भावना

बेइजिङ-कोरोना महामारीका कारण विश्वभरीको अर्थतन्त्र मन्दीमा रहेको समयमा चिनियाँ अर्थतन्त्रमा भने तीव्र वृद्धि भइरहेको छ । चिनियाँ वृद्धिप्रति पश्चिमा देश भने अचम्ममा परेका छन् । “यो विडम्बना ध्यान खिच्ने खालको छ । डोनाल्ड ट्रम्प र जो बाइडेन राष्ट्रपति चुनावको अभियानमा चीनको आलोचना गर्नमा व्यस्त रहेकोमा चीन भने झनै बलियो हुदै गइरहेको छ । कोरोना महामारीकाबीच चीन विश्वमा आर्थिक विकासको इन्जिनको रुपमा देखा परेको छ,”फाइनान्शीयल टाइम्सले लेखेको छ ।
यो टिप्पणी चीनको म्यानुफ्याक्चरिङ पर्चेजिङ इन्डेक्स जारी हुनुपूर्व सार्वजनिक भएको हो । यो इन्डेक्स अक्टोबरमा ५३.६ मा पुगेको थयो । सेप्टेम्बरमा यो ५३ थियो । ५० भन्दा माथिको अंकले क्षेत्रमा विस्तार र मुनीको अंकले संकुचन भएको जनाउछ ।
अन्तर्राष्ट्रिय मु्द्रा कोषका अनुसार यो वर्ष वृद्धि हासिल गर्ने चीन एक मात्र ठूलो अर्थव्यवस्था हुनेछ । कोषका अनुसार यो आर्थिक वर्षमा चीनको जीडीपी १.९ र आगामी वर्ष वृद्धि ८.२ प्रतिशत पुग्ने छ ।
पिटरसन इन्सटिच्यूट फर इन्टरनेशनल इकोनोमिक्सका अर्थशास्त्री चाड बाउनका अनुसार २०१७ को समान अवधिको तुलनामा यो वर्ष जनवरीदेखी अक्टोबरसम्म अमेरिकाबाट चीनमा आयात १६ प्रतिशतले गिरावट आएको छ । यही अवधिमा जुब बस्तु चीनले अमेरिकाबाट आयात गर्दथ्यो सोही बस्तु अन्य देशबाट भएको आयातमा २० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्