अमेरिकी फर्मलाई चीनमा ‘रेड कार्पेट’ «

अमेरिकी फर्मलाई चीनमा ‘रेड कार्पेट’

बेइजिङ र वासिङटनबीच व्यापार तनावका बावजुद चिनियाँ उद्योग मन्त्रालयले आफ्नो बजारमा अमेरिकी कम्पनीहरुलाई सक्रिय रुपमा सहभागीता जनाउनका लागि स्वागत गरेको छ । उसले निश्पक्ष र राम्रो वातावरणका लागि प्रस्ताव गरेको छ ।
चीनको उद्योग मन्त्रालयका प्रमुख सियाओ याक्विङको यो घोषणा यूएस–चाइना बिजनेस काउन्शीलको भिडियो बैठकमा भएको हो ।
उक्त बैठकमा काउन्शीलका प्रमुखहरुसँगै जनरल मोटर्स र क्वालकम लगायतका कार्यकारीहरुको सहभागिता थियो । सहभागीहरुले अन्य मुद्धासँगै फाईभ–जी प्रविधि र नयाँ उर्जा सवारी जस्ता क्षेत्रको बजारको अवस्थाको बारेमा छलफल गरेका थिए ।
दुई मुलुकबीचको व्यवसायमा राम्रो वातावरण सिर्जनाका लागि आफ्नो मुलुकले कडा परिश्रम गरेको बताउदै गत महिना चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकी फर्महरुलाई चीनमा उनीहरुको लगानी विस्तारका लागि आमन्त्रित गरेको थिए । बेइजिङले चीन–अमेरिका आर्थिक र व्यापारिक सम्झौताको संवेदनशील भएर कार्यान्वयन गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
अमेरिकन चेम्बर अफ कमर्शले गरेको पछिल्लो अध्ययनले चीनमा रहेका ९२.१ प्रतिशत अमेरिकी कम्पनीहरुले चीन छोड्ने कुनै योजना नबनाएको देखाएको छ । व्यापारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापरा अबरुद्ध पार्ने बताए बावजुद यस्तो देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्