स्वास्थ्य पूर्वाधारमा ८ अर्बका कार्यक्रम «

स्वास्थ्य पूर्वाधारमा ८ अर्बका कार्यक्रम


सरकारले स्वास्थ्य पूर्वाधार विकास शीर्षकका लागि ८ अर्ब ६ करोड रुपैयाँ बजेट निकासा गरेको छ । कोरोना नियन्त्रण, उपचार र स्वास्थ्य सेवामा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेको बेला स्वास्थ्य पूर्वाधार विकासका लागि ठूलो परिमाणमा रकम निकासा गरेको हो । कोभिड १९ संक्रमण दर बढ्दै गएपछि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएका र नयाँ गरी दर्जन कार्यक्रम कार्यन्वयन गर्न सो बजेट निकास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बजेटबाट देशभर नयाँ ३ हजार २ सय ४५ सहित कूल ६ हजार २ सय २ शैय्या समेत थप हुने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम कार्यान्वयन भएका र कार्यान्वयनको तयारीमा रहेका एक दर्जन कार्यक्रमले अस्पतालविहीन पालिका नहुने दाबी गर्छन् । यस कार्यक्रम कार्यान्वयन भएपछि देशभर बेड संख्या समेत दोब्बर हुने उनले बताए । “प्रत्येक नागरिकले राज्यबाट निशुल्क प्राप्त गर्ने आधारभूत स्वास्थ्य सेवालाई व्यवस्थित गर्न र आकस्मिक सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने जनस्वास्थ्य नियमावली २०७७ जारी गरी कार्यान्वयनमा ल्याइएको छ,” उनी भन्छन्, “प्रारभिक चरणमा ७ बटा प्रदेशका १४ वटा अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन १४ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।” उनले एक हप्ताअघि सार्वजानिक गरेको मन्त्रालयको नियमित स्वास्थ्य अपडेटमा यस्तो जानकारी दिएका हुन् ।
सरकारले कोशी, नारायणी, भरतपुर, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई आकस्मिक सेवा विस्तारका लागि ९ करोड रुपैयाँका दरले ३६ करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले दु्रत स्वास्थ्य सेवा विस्तारका अन्र्तगत एम्बुलेन्स सहितको आकस्मिक सेवालाई थप व्यवस्थित बनाइएको जनाएको छ ।यसका लागि अस्पताल सेवा सहितको एकीकृत एम्बुलेन्स सेवा सञ्चालन सुरु भएको छ । हाललाई देशभरका १० वटा अस्पतालाई ट्रमा युनिट बनाउने गरी हरेक युनिटका लागि ५० लाख रुपैयाँका दरले ५ करोड रुपैयाँ विनियोजन भइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।
देशका विभिन्न क्षेत्रमा ५, १० र १५ बेडका आधारभुत अस्पताल निर्माण गर्न यस्ता अस्पतालको अध्ययन भइसकेको छ । स्वास्थ्य मन्त्रालयले असोज १८ गते नै ५ शैयाको लागि ७० लाख, १० शैय्याको लागि ८५ र १५ शैयाको अस्पताल स्तरोन्नती गर्न १ करोड निकासा गरिसकेको छ । यसैगरी २५ र ५० बेडका जिल्ला स्थित प्रदेशिक अपतालहरू र २०० बेडका प्रदेश स्थित अस्पतालहरूको सर्वेक्षणको कार्य भने भईसकेको छ । यो वर्ष नै ३४६ स्थानिय तहमा आधारभुत अस्पताल निर्माण गर्न ६ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरी स्थानीय तहमा पठाईसकिएको प्रवक्ता गौतमले बताए । बिगतमा अस्पताल निर्माणको काम भवन निर्माण विभाग मार्पmत निर्माण कार्य गदै आएकोमा अब भने स्वास्थ्य मन्त्रालय मार्फत सोझै स्थानीय तहलाई नै निर्माण गर्ने अधिकार दिइएको छ ।
लामो समयदेखि सञ्चालन हुँदै आएका ५२ वटा जिल्ला अस्पताललाई ५० शैया बनाउन प्रतिशैय्याका १ लाखका दरले ८ सय ६२ बेड थप गर्ने गरी ८ करोड ६२ लाख रुपैयाँ सम्बन्धित अस्पताललाई पठाइएको मन्त्रालयले जनाएको छ । अहिले रहेका अञ्चल र उपक्षेत्रिय अस्पताललाई २०० शैय्याको बनाउन ११ अस्पतालमा १ हजार ३५ थप गर्न १० करोड ३५ लाख पठाइसकेको छ । संघ अन्तर्गतका कोशी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा अस्पता र पोखरा तथा कर्णाली बिज्ञान प्रतिष्ठानहरूलाई ७ करोडका दरले ४९ करोड निकासगरी ५ सय शैय्या पु-याउने लक्ष्यअनुसार काम भइरहेको छ । यसैगरी, कोशी, नारायणी, भरतपुर, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई आकस्मिक सेवा विस्तारका लागि छुटटै ९ करोड रुपैयाँका दरले ३६ करोड रुपैयाँ निकासा गरिएको छ ।
सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवम स्वास्थ्य विपत्ति व्यवस्थापन तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितका न्युनतम ५० शैय्या प्रदेश स्तरीय अत्याधुनिक सरुवा रोग अस्पताल निर्माण प्रत्येका प्रदेशमा ८ करोडका दरले ५६ करोड रुपैयाँ पठाइसकिएको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्