युनाइटेड फाइनान्सको एटीएम टेकुमा

युनाइटेड फाइनान्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा टेकुस्थित एमएडब्लू इन्भेस्टमेन्ट रहेको भवनमा अत्याधुनिक प्रविधिसहित टच स्क्रिन एटीएम मेसिन बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।
युनाइटेड फाइनान्सका व्यवस्थापक, कर्मचारी तथा शुभचिन्तकहरुको उपस्थितिमा उक्त एटीएमको उद्घाटन कम्पनीका सञ्चालक विष्णुकुमार अग्रवालले गरे । उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेबिट कार्ड प्रयोग गरी रकम झिक्न सकिने भन्दै फाइनान्सले चिपमा आधारित डेबिट कार्ड जारी गर्ने नेपालमै पहिलो फाइनान्स कम्पनी रहेको दाबी पनि गरेको छ ।