महामारीमा भारतको अर्थव्यवस्था ५.९ प्रतिशतले खस्कनेः यूएन «

महामारीमा भारतको अर्थव्यवस्था ५.९ प्रतिशतले खस्कनेः यूएन

न्यूयोर्क-कोभिड–१९ महामारीको प्रकोपका कारण २०२० मा भारतीय अर्थव्यवस्थामा ५.९ प्रतिशतले कमी आउने अनुमान संयुक्त राष्ट्र संघको एक रिपोर्टमा उल्लेख गरिएको छ । यसको असर आगामी वर्ष पनि हुने र संकुचनका कारण स्थायी रुपमा आयमा कमी आउन सक्ने आशंका व्यक्त गरिएको छ ।
अंकटाडको व्यापार एवं विकास रिपोर्ट २०२० मा विश्वव्यापी अर्थव्यवस्थाले गहिरो मन्दीको सामना गरिरहेको र महामारीमा पनि हालसम्म नियन्त्रण पाउन नसकिएको उल्लेख छ । अंकटाडको यो रिपोर्टमा यो वर्ष विश्वव्यापी अर्थव्यवस्थामा ४.५ प्रतिशतको कमी आउने अनुमान व्यक्त गरिएको छ ।
व्यापार २० प्रतिशत घट्ने
विश्व आर्थिक परिदृश्यको गंभीर दृश्य प्रस्तुत गर्दै अंकटाडले आफ्नो रिपोर्टमा भनेको छ,“संक्षेपमा ब्राजिल, भारत र मेक्सिकोको अर्थव्यवस्था पुरै तहसनहस हुनाले विश्वव्यापी अर्थव्यवस्था संघर्षरत अवस्थाबाट गुज्रिरहेको छ । घरेलू गतिविधि संकुचन हुनाले अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा यसको असर परिरहेको छ । यो वर्ष व्यापार २० प्रतिशतले घट्ने छ ।

प्रतिक्रिया दिनुहोस्