Logo

  गण्डकी विकास बैंकको लहान शाखाको औपचारिक उद्घाटन

गण्डकी विकास बैंकको सिराहा जिल्लास्थित लहान शाखाको औपचारिक उद्घाटन लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले गरे । सो अवसरमा नगर प्रमुखले गण्डकी विकास बैंकलाई लहानमा स्वागत गर्न पाउँदा खुसी लागेको र यहाँका जनताले सरल र सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने बताए । स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए । गण्डकी विकास बैंकका अध्यक्ष सुश्ीाल गौचनले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा बैंकका शाखालाई गाउँ–गाउँमा पु¥याउँदै वित्तीय पहँुच पु¥याउने जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्