Logo

चीनलाई हराउन अमेरिकी जनसंख्या तेब्बर पार्नुपर्ने, के विश्वलाई १ अर्ब अमेरिकी जनसंख्या आवश्यक छ ?

वासिङटन-यसै महिना सार्वजनिक भएको पुस्तकमा अमेरिकीले विश्वव्यापी मञ्चमा आपैmलाई मूल्यांकन गरिरहेको मुद्धा उठाइएको छ । यो तर्कमा केही संख्याका पासोयुक्त ढोकाका कुरा गरिएको छ ।
धेरैजसो पुस्तक अतिवादी दर्शन भन्दा बौद्धिक आधारमा स्थापित भएको छ , जसलाई स्थापित गेटकिपरहरुको कल्पनाले आकर्षित गरेको छ । भक्स पत्रकार म्याट यिगलेसियासले पुस्तकमा ‘१ अर्ब अमेरिकी’ जनसंख्याको प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकालाई अझै शीर्ष स्थानमै राख्नका लागि हालको तुलनामा अमेरिकी जनसंख्या तीन गुणाले वृद्धि गर्नु आवश्यक भएको पुस्तकमा उल्लेख गरिएको छ ।
लेखकले यो व्यापक संख्याका लागि उदारवाी समाधानको उपाय सुझाएका छन् । यसका लागि थप आप्रवासन र थप बच्चा चाहनेका लाति अतिरिक्त कार्यक्रमको प्रस्ताव गरिएको छ । तर, पहिलेनै भीडभाडले भरिएको पृथ्वीमा थप ७० करोड जनसंख्याका लागि ठाउँ पर्याप्त होला त ?
प्रभावशाली चीन
पछिल्लो अमेरिकी संकट ठूलो खलपात्र होइन भन्ने विषय थाहाँ पाउदा रुसका लागि भने केही राहात महशुश भएको छ । यो विशिष्टता चीनतर्फ जानेछ, यो पूर्वको उदीयमान सुपरपावरले भर्खरै मात्र अमेरिकी गतिविधिलाई झकझकाउन थालेको छ । तर चीनको १.४ अर्ब जनसंख्या अमेरिकालाई रोक्नका लागि केवल सानो कुकुर मात्रै भएको यिग्लिस बताउछन् ।
“हाम्रो ३३ करोड जनसंख्याको तुलनामा चीनमा १ अर्ब बढी जनसंख्या रहेको छ,”भक्सका लेखकले अत्तालिएर लेखेका छन् ।
“हाम्रो अर्थतन्त्रलाई चिनियाँ अर्थतन्त्रले परास्त गर्नका लागि चिनियाँलाई अमेरिकी जस्तै धनी हुनु आवश्यक छैन,” उनले यसो भन्दा विश्वकै उच्च प्रति व्यक्ति आयको भूमिका निर्वाहा गर्न सक्षम भएका अन्य साना मुलुकहरु जस्तै जापान, दक्षिण कोरिया, आइसल्यान्ड र नर्डिक मुलुकहरुलाई बिर्सेका छन् ।
यो भन्दा पनि महत्वपूर्ण कुरा के छ भने उनीहरुले आफ्नो सामाजिक शान्ति र राम्रो हुने अवस्थालाई नबिगारिकन माथि उठेका छन् । ठूलो अमेरिकाको अर्थ ठूलै उपभोक्ता खर्च र जीडीपी पनि हो । तर यसले अन्ततः मुलुकलाई विश्वकै ठूलो फोहोरको थुप्रोमा पनि लैजान सक्छ ।
कतिपय अमेरिकी सहरहरुमा पदयात्रीहरुले सडकलाईनै घर भन्ने गरेका गरिबहरुलाई पाखा लगाएर हिड्नु परेको अवस्था छ । अमेरिकी जेल व्यवस्था पनि पुरापुर भरिएको छ । प्रत्येक १ लाख अमेरिकीमा ७०० बार पछाडि नराम्रो अवस्थमा परेका छन् । यो विश्वकै ठूलो दर हो । जातले उठाएको प्रहरी बिरोधी दंगाले अमेरिकी समाजलाई यो भन्दा पहिलेको तुलनामा थप विभाजित गराएको छ ।
अब विचार गर्नुहोस् अमेरिकीको संख्या तेब्बर पार्नाले कस्तो होला ।

प्रतिक्रिया दिनुहोस्