Logo

किमले पठाए सुन्दर पत्र, ‘ट्रम्पले भने म किमसँग प्यारमा छु, ओके ?

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको सम्बन्ध सधैनै उतार चढावमा रहदै आएको छ । सिंगापुरमा भएको बैठकपछि यी दुई बीचको जवाफी हमलाको वाकयुद्ध कम भएको थियो । तर अझैपनि घोचपेचको सम्बन्ध कायमै रहदै आएको छ ।
हालै आएर किमको विषयलाई लिएर ट्रम्पले एक अचम्मको बयान दिएका छन् । उनले आफु र उत्तर कोरियाली नेता किमबीच एक अर्कामा प्यार भएको छ । उत्तर कोरियाली नेताले लेखेको सुन्दर चिठ्ठीपछि आफु हरुबीचको सम्बन्ध गहिरो भएको ट्रम्पले बताएका छन् ।
रिपब्लिकन पार्टिको एक स्थानिय उमेद्वारको समर्थनमा पश्चिम भर्जिनियमा आयोजित एक जुलुसमा ट्रम्पले शनिबार उत्तर कोरियाका नेताको धेरै प्रशंशा गरेका छन् । ट्रम्पले -यालीमा भनेका छन्,“म प्यारमा परेको छु, ओके ?वास्तवमै उनले मलाई अत्यन्त राम्रो पत्र लेखेका छन्, जुन अत्यन्त सुन्दर छ । म प्यारमा परेको छु ।”
सोमाबारको संयुक्त राष्ट्र महासभाको बैठकमा ट्रम्पले उत्तर कोरियाका नेताको प्रशंसा गरेका थिए । संयुक्त राष्ट्र संघ तथा अन्य कतिपय देश किम जोङ उनमाथि मानव अधिकारको हनन गरेको आरोप लगाउदै आएका छन् । ट्रम्पले एक वर्ष पहिले यसै मञ्च मार्फत उत्तर कोरियालाई पुरै किसिमबाट बर्बाद गरिदिने धम्की दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्