जनता बैंकको नयाँ सेवा अनलाइन खाता खोल्ने सुविधा «

जनता बैंकको नयाँ सेवा अनलाइन खाता खोल्ने सुविधा

सूचना प्रविधिमार्फत सहज र सुलभ रूपमा आमनागरिकसम्म सजिलै बैंकिङ पहुँच पुराउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । जनता बैंकको वेबसाइटमा लग अन गरी स्वदेश तथा विदेशको कुनै पनि स्थानबाट जनता बैंकको देशभरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने बैंकले जनाएको छ ।
यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दूरीमा अथवा विदेशमा रहेका नेपालीहरूले सजिलै जनता बैंकको सेवाप्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिनेछ । अनलाइनबाट खाताखोलेपश्चात् ग्राहकको खाता नं. र आवश्यक जानकारी व्यक्तिगत इमेलमा पठाइनेछ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुनबमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिनेछ भने चेक प्राप्तगर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नुपर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्