विदेश गएर पुरस्कार लिन कडाइ «

विदेश गएर पुरस्कार लिन कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशमा गएर पुरस्कार लिने प्रक्रियामा नियमन गर्ने भएको छ । अवार्डका नाममा निक्षेपकर्ताको पैसा अनावश्यक खर्च गरेको भन्दै केन्द्रीय बैंकले यस्तो अनियमिततालाई रोक्न नीतिगत व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले मंगलबार निर्देशन नै जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सोको प्रतिफल स्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण गर्न नपाउने व्यवस्था गरेको छ । सम्मान लिनुहुँदैन नभनेको तर त्यसलाई नियमन मात्र गर्न लागेका राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पुरस्कार लिन जाँदा उल्लेख्य खर्च हुन थालेपछि अवार्डमा कडाइ गर्ने भएको हो ।

एक जिल्ले विकास बैंक र फाइनान्सलाई पुँजी बढाउने समय थप
एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी पुर्याउने समय अढाइ वर्ष थप गरिदिएको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै समय सीमा बढाइ दिएको हो । राष्ट्र बैंकले २०७२ मा मौद्रिक नीतिमार्फत २०७४ असार मसान्तभित्र चुक्ता पुँजी चारदेखि २५ गुणासम्म बढाउनुपर्ने नीति लिएको थियो । त्यसअनुसार एक जिल्ले विकास बैंक र फाइनान्स कम्पनीले पुँजी पु¥याउन सकेका थिएनन् । उनीहरूका लागि राष्ट्र बैंकले समय थप गरिदिएको हो । विशेष व्यवस्थाअन्तर्गत यी संस्थालाई राष्ट्र बैंकले सञ्चालन अनुमति दिएको थियो । राष्ट्र बैंकले ०७६ पुस मसान्तभित्र पुँजी बढाउन सक्ने गरी समय थपिदिएको हो । तोकिएको समयमा पनि पुँजी बढाउन नसके कारबाही गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरूले विदेशी पुरस्कार लिने क्रम बढिरहेको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बर्सेनि विभिन्न विदेशी अवार्ड लिने नाममा बैंकहरूले निक्कै खर्च गर्न थालेको पनि जनाएको छ ।
विदेशी अवार्ड लिनुअघि राष्ट्र बैंकको स्वीकृति अनिवार्य रहेको तथा अवार्ड दिने संस्थाको वैधानिक हैसियत एवं आधिकारिकता पुष्टि हुने कागजातसमेत राष्ट्र बैंकलाई बुझाउनुपर्ने पनि जनाइएको छ ।
यस्तै, अवार्ड लिन जाने नाममा बैंकको सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत वा माथिल्लो व्यवस्थापनले गर्ने खर्चमा पनि राष्ट्र बैंकले कडाई गर्ने भएको छ । अवार्ड लिनका लागि विदेश जाने विषयलाई व्यवस्थित गर्ने जिम्मा सम्बन्धित बैंकहरूलाई नै छाडिएको भए पनि बैंकहरूले आगामी चैत मसान्तसम्ममा विदेश भ्रमणबारे कार्यविधि बनाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
पुरस्कार लिन जाँदा हुने भ्रमण खर्चलाई मितव्ययी बनाउन यसो गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्