Logo

प्राइमले ओमलाई किन्यो

काठमाडौं-कमलपोखरी काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले पोखरा कास्की चिप्लेढुंगास्थित केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले एक समारोहकाबीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । केन्द्रीय नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरू मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकका रूपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्न सहमति जनाइएको बैंकले बताएको छ ।
ओम डेभलपमेन्ट बैंकका ग्रामीण क्षेत्रमा थुप्रै शाखा सञ्जालहरू छन् । प्राप्तिपश्चात् प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १ सय १६ हुनेछ । असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ । नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशनबमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्