Logo

केसीको जीवनरक्षाका लागि ह्वाइट हाउसअगाडि ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा अमेरिकाको डिसी क्षेत्रका नेपाली समुदायले ऐक्यबद्धता जनाएका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गएर नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् । विभिन्न प्रचार सामग्रीहरुसहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको विरोध गरेको एनआरएन न्युजले जनाएको छ ।
उक्त विरोध भेलामा अधिकांश सहभागीहरु विभिन्न स्थानीय संघरसंस्था तथा एनआरएनएको प्रतिनिधित्व समेत गर्दै ऐक्यबद्धता जनाएका थिए । सबै नेपालीहरुको प्रतीकात्मक रुपमा प्रदर्शन गरेका थिए । उक्त भेलामा सहभागीहरुले डा. केसीको माग यथाशिघ्र पूरा होस्, दमन कार्य तुरुन्तै बन्द होस् भन्ने माग राख्दै विरोध गरे । उनलाई दमन गर्ने नीति सरकारको रहेकोले सरकारको विरोध गर्दै केसीको पक्षमा समर्थन जुटाउन जम्मा भएको बताइएको ।
सहभागीले डा. केसीले आफ्ना लागि केही नगरेको र जनताको लागि काम गरेको भन्दै १५ पटक अनसन बसी सकेकोले उनको कुरा सरकारले सुन्नुपर्ने बताएका थिए । डा. केसीको माग र समर्थन जुटाउन र यसलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउन र समर्थन गर्दै सरकारले मानव अधिकारवादी तथा सत्याग्रहीलाई समेत दमन गरेकोमा विरोध गरेका छन् । देश विदेशमा रहेका सबैले डा. केसीलाई समर्थन गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्