जनता बैंक थवाङ शाखाबाट कारोबार सुरु

ग्रामीण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपालले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२ स्थित थवाङ शाखाबाट कारोबार सुरु गरिएको जनाएको छ । रोल्पामा लिवाङपछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखा पनि खुल्ने क्रममा रहेको पनि बैंकले जनाएको छ ।
थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् भन्दै बैकले रोल्पा जिल्लाको विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकाले स्थानीय जनताहरूको जिवन स्तरमा केही भए पनि सहजता आउने विश्वास लिएको बताएको छ ।