बेलायतमा हुवावेलाई हटाउदा अर्बौ पाउन्डको नोक्सानी

लन्डन-बेलायती मोबाइल नेटवर्क अपरेटरले आफ्नो नेटवर्कबाट हुवावेको उपरकण हटाउदा उपभोक्तालाई नराम्रो असर पर्ने र केबल भोडाफोनलाई मात्रै अर्बौ पाउन्डको नोक्सानी हुने जनाएको छ ।
युकेका भोडाफोनका नेटवर्कका प्रमुख आन्द्रिया डोनाले हुवावको किट अर्को भेन्डरलाई दिने हो भने आफ्नो क्यारियरले एकल अंकको अर्ब पाउन्ड गु्माउन सक्ने बताएका छन् ।
सरकारले बेलायतको फाईभ–जी मोबाइल नेटवर्कबाट पूर्ण रुपमा हटाउने तयारी गरिरहेको जनाएको छ । फर्मलाई प्रतिबन्धित भूमिका दिने जनवरीको प्रारम्भिक निर्णयको तुलनामा यो विपरित हो ।
वर्तमान सरकारको निर्देशिकाको मातहतमा यूकेको टेलिकम प्रदायकहरुले गैर महत्वपूर्ण क्षेत्रका आफ्ना पूर्वाधारमा हुवावेका किट २०२३ सम्मको अवधिमा ३५ प्रतिशतमा झार्नुपर्ने मापदण्ड तोकेको थियो । बेलायतको नेटवर्कमा हाल दुई तिहाई हुवावेको छ र एक तिहाई नोकियाको रहेको छ । भोडाफोनकोमा एक तिहाई हुवावेको र दुई तिहाई इरिक्सनको रहेको छ ।्
यदी भोडाफोनलाई हुवावेको उपकरणलाई पूर्ण रुपमा अर्को भेन्डरबाट २०२३ सम्ममा विस्थापित गर्ने हो.भने उपभोक्तले केही दिनसम्मको अवधिमा सिग्नल गुमाउन सक्ने डोनाले बताए । यस किसिमको अवरोध अन्त्य गर्नका लागि पाँच वर्षे संक्रमणकालिन रणनीति बनाएको उनले बताए ।
“तीन वर्षको अवधिमा शू्न्यमा झार्नका लागि तार्किक रुपमा यो असम्भव छ,”बीटीका प्रमुख प्रविधि अधिकारी होवार्ड वाट्सनले बेलायतका सांसदहरुलाई बताए ।
बीटीको स्वामित्वमा ईई रहेको छ । यो बेलायतकै ठूलो मोबाइल नेटवर्क अपरेटर हो ।