बेलायती पत्रिकामा हुवावेको ‘फूल पेज’ विज्ञापन, शूल्क ६९ लाख रुपैयाँ सम्म

लन्डन-हुवावेले कतिपय बेलायती अखबारमा पूर्ण पृष्ठको विज्ञापन छपाएको छ । देशको फाइभ–जी परिचालनमा आफ्नो भूमिको विषयमा देखिएको डरका कारण आफ्नो प्रयासलाई बढावा दिनका लागि यसरी विज्ञापन गराएको हो ।
“झन्डै २० वर्षसम्म हामीले बेलायतको मोबाइल र ब्रोडब्यान्ड कम्पनीलाई थ्री–जी र फोरजी आपूर्ति गर्दै आएका छौ,” विज्ञापनमा हुवावेले भनेको छ । “तर केहीले फाइभ–जीको विषयमा बेलायतलाई सहयोग गर्ने विषयमा आशंका व्यक्त गरेका छन् ।”
यो विज्ञापन ‘द गार्जियन’, ‘डेली टेलिग्राफ’, ‘मिरर’, ‘सन’, र ‘डेली मेल’, लगायतका बेलायतका प्रमुख पत्रिकाहरुमा गरिएको थियो । यो केही क्षेत्रिय अखबारहरुमा पनि गरिएको थियो ।
पत्रिकाहरुको वेबसाइटका अनुसार गार्जियन र डेली टेलिग्राफले पूर्ण पृष्ठको विज्ञापनका लािग क्रमशः १८,००० पाउन्ड अर्थात २३,००० डलर र ४६,००० पाउन्ड शुल्क लिएका थिए ।
यो विज्ञापन अभियान व्यवसायीक प्रकाशन, डिजिटल प्लेटफर्म र न्यूजलेटरमा पनि आउने हुवावेले जनाएको छ ।
बेलायतको फाइभ–जीको रोलआउटमा हुवावेको संलग्नताको विषयमा राजनीतिज्ञहरुबाट आक्रामक व्यवहारको सामना गर्नुपरेपछि चिनियाँ प्रविधि कम्पनीको यो मीडिया प्रयास भएको हो । फोरजीलाई प्रतिस्थापन गर्ने यो प्रविधि अमेरिका–चीनबीचको व्यापार युद्धको कतिपय विषय मध्येको एक हो ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले २०२३ सम्म बेलायतको फाइभ–जीमा हुवावेको भूमिका शून्यमा झार्ने योजना बनाएका छन् । तर मन्त्रीहरुले २०२३ सम्ममा शून्यमा झार्न असम्भव भएको बताउदै आएका छन् ।
सीएनबीसी