युलेन्स एजुकेशन फाउण्डेसनद्वारा प्रमुख कार्यकारी अधिकृत नियुक्त

युलेन्स एजुकेशन फाउण्डेसनले डा. अरनिको कुमार पाँडेलाई आगामी दुई वर्षका लागि फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । डा. पाँडे युलेन्स एजुकेशन फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु अघि युलेन्स एजुकेशन फाउन्डेसनका बोर्ड सदस्य तथा इसीमोडमा वातावरण विज्ञका रुपमा कार्यरत थिए ।
उनले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातक, अमेरिकाकै विस्कन्सीन म्याडिसन विश्वविद्यालयबाट भू–शंशाधन विषयमा स्नातकोत्तर र म्यासाच्यूट्स इन्टिच्युट अफ टेक्नोलोजिबाट विद्यावारिधी उपाधि हासिल गरेका छन् ।