जनता बैंकको सहयोग

जनता बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचारसम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागरप्रताप राणालाई हस्तान्तरण गरेको भन्दै बैंकले नेपाल नेत्रज्योति संघबाट सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रूपमा रहेको पनि जनाएको छ ।
यसैगरी बैंकले सुदूरपश्चिम प्रदेशको अछाममा रहेको वैद्यनाथ क्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक पनि प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई हस्तान्तरण गरेका थिए ।