सूचना प्रविधि र व्यवस्थापनमा पाटन कलेज फर प्रोफेसनल स्टडिज

युनिभर्सिटिअफ बेडफोर्डसायर, बेलायतवाट सम्बन्धन प्राप्त ‘पाटनकलेज फर प्रोफेसनल स्टडिज’ले स्नातकस्तरको बीएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन बिजनेस एडमिनिष्ट्रेसन कार्यक्रम अध्ययन अध्यापन गराउँदै आएको छ ।
टाइम्स युकेको रैकिंङअनुसार १३० वर्ष पुरानो युनिभर्सिटिअफ बेडफोर्डसायर विश्वको उत्कृट आठ सय विश्वविद्यालयमध्ये एक हो । यो विश्वविद्यालयमा १२० मुलुकका २२ हजार विद्यार्थी अध्ययनरत छन । यो विश्वविद्यालयको कार्यक्रम चीन र भियतनामलगायत मध्यपूर्व, युरोप, दक्षिण पूर्वएसिया लगायतका अन्य देशमा सञ्चालित छ ।
यो विश्वविद्यालयवाट अध्ययन गरेका ९२ प्रतिसत विद्यार्थीले ६ महिनामै काम गर्न थाल्छन् वा उच्च अध्ययन तिर लाग्छन् । तिन वर्षको अध्ययन अवधि र ३६० क्रेडिट आवर भएको बीएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन विजनेस एडमिनिष्ट्रेसन मात्र प्राज्ञिक डिग्री होइन, यसका स्नातकहरु विज्ञजस्तै हुन्छन ।
विद्यार्थीले चाहेमा यस पाटन कलेज फर प्रोफेसनल स्टडिजमा प्रथम लगायतका अन्य वर्ष सकाएर बाँकी समयको अध्ययन युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायतको मूल क्याम्पसमा गर्न सक्छन् । पाटन कलेज फर प्रोफेसनल स्टडिज, दुई दशक पुरानो लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबीईएफ) को भगिनी संस्था हो । एलबीईएफ मुलुककै पहिलो सूचना प्रविधिमा अध्ययन अध्यापन गराउने संस्था हो ।
एलबीईएफबाट करिब सात हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् । अत्याधुनिक, सहज पूर्वाधारसहितको पाटन कलेज फर प्रोफेसनल स्टडिज सिंगो कम्पाउन्डभित्र एउटै पाँचतले भवनमा रहेको छ । यहाँ भएको पुस्तकालयमा सामान्य पुस्तकसँगै डिजिटल पुस्तकसमेत उपलब्ध छ ।
कलेजमा विद्यार्थीको लागि छुट्टै ‘लर्निङ जोन’, समेत छ । ‘लर्निङ जोन’मा एक पटकमा ३५ भन्दा बढी विद्यार्थी आफ्नो सुविधाअनुसार, स्वतन्त्र रूपमा पढ्न सक्छन । यस्तै यहाँ भएको ‘पे्रजेन्टेसन रुम’, डिजिटलाइज्ड छ । विद्यार्थीहरू आफ्नो पे्रजेन्टेसनलाइए रेकर्ड गरेर पुनः त्यसमा भएका कमी कमजोरी केलाउन सक्छन् । यसले उनीहरूलाई आफ्नो गल्तीबाट सिक्ने मौका पाउनुका साथै आफूले थप राम्ररी प्रस्तुत हुने क्षमता विकसित हुन्छ ।
स्टुडेन्ट चिलआउट जोनमा विभिन्न प्रकारका इन डोर गेमको व्यवस्थासमेत रहेको छ । यस्तै विद्यार्थीहरूका लागि स्वस्थकर, स्वच्छ क्याफेटेरियाको समेत व्यवस्था छ । कलेज परिसरभरि नै २४ सै घन्टा उच्च गतिको वाईफाई इन्टरनेट सुविधा छ । यहाँ अध्ययनरत विद्यार्थीको अध्ययन सकिन लाग्दा कलेजले उनीहरूलाई जागिर गर्न वा आफ्नै व्यवसाय सुरु गर्न विशेष मार्गदर्शनका लागि क्यारियर काउन्सेलिंङको व्यवस्थासमेत गरेको छ ।
बीएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ गरेपछि विद्यार्थीहरूले प्रोग्राम डेभलपर, डाटा बेस एडमिनिस्ट्रेटर, सिस्टम एडमिनिस्ट्रेटर लगायतका सम्बद्घ क्षेत्रमा काम गर्नुका साथै आफनो सफ्टवेयर डेभलपमेन्ट कम्पनीसमेत खोल्न सक्नेछन् । यसको साथै विद्यार्थीलाई व्यावसायिक सीप विकास गर्नका लागि कलेजले भारतको मणिपाल प्रोलर्नसँगको सहकार्यमा ५४ वटा विभिन्न किसिमका अनलाइन तालिम पनि प्रदान गराउने छ ।