जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

प्रेमसागर फाउन्डेसन नेपालले सञ्चालन गरेको जनभोजनलाई जनता बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएको छ । जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमकाबीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउन्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुंगेललाई हस्तान्तरण गरे ।
बैंकले प्रेमसागर फाउन्डेसनद्वारा सञ्चालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना वृद्ध आमाबुबाहरूलाई दैनिक बिहानको खान खुवाउँदै आएको पनि जनाएको छ ।
साथै धादिङ र मकवानपुरका केही विद्यालयका करिब १ हजार ५ सय बालबालिकालाई दिवा खाजाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । दैनिक करिब ५० हजार रुपैयाँ रकम बराबरको बिहानी खाना र दिवा खाजाको कर्याक्रम सञ्चालन गर्दै आइरहेको फाउन्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोगबापत उक्त रकम सहयोग गरेको हो ।