अमेरिकी प्रतिबन्धका बावजुद हुवावेको बिक्री २३ प्रतिशत बढ्यो

सेनझेन-विश्वव्यापी पहुँचमा रोक लगाउन अमेरिकाले अभियाननै चलाएपनि हुवावेको बिक्री अभैm बढिरहेको छ ।
यो वर्षको सुरु ६ महिनाको अवधिमा बिक्री ५८ अर्ब डलर भन्दा बढी भएको छ । चिनियाँ प्रविधि फर्मको स्मार्टफोन व्यवसाय र फाभइ–जी नेटवर्कको सम्झौतामा भएको वृद्धिले समग्र बिक्रीमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
सेनझेनमा रहेको कम्पनीले २०१९ को सुरु अर्ध वार्षिक अवधिमा आम्दनी गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
विश्वमा हुवावेले अन्य कुनै पनि कम्पनीको तुलनामा बढी दुरसंचार उपकरण बिक्री गरिहेको छ र प्रमुख स्मार्टफोन ब्रान्डमा सामसङ र एप्पलसँग प्रतिस्पर्धा गरिरहेको छ ।
अमेरिकाले चिनियाँ फर्ममा नयाँ प्रतिबन्ध लगाएपछिको दुई महिना भन्दा बढीको अवधिमा कम्पनीको यो पछिल्लो आम्दानी प्रतिवेदन सार्वजनिक भएको हो । वासिङटनले चिनियाँ फर्मलाई मे १६ मा व्यापारिक कालो सूचीमा समावेश गरेको थियो । अमेरिकी कम्पनीहरुले पनि आफ्नो सफ्टवेयर र कम्पोनेन्ट अनुमती बिना हुवावेलाई बिक्री गर्न पाउदैनन् ।
अमेरिकी प्रतिबन्धका बावजुद पनि संचालन राम्रो रफ्तारमा चलिरहेको हुवावेका अध्यक्ष लियाङ हुवाले बताए । प्रमुख उत्पादनमा ठूलो असर नपरेको पनि उनले बताए ।
“व्यापारिका कोलोसूचीले हाम्रो विकासमा असर पारेको छैन । तर यसको असरको क्षेत्र भने नियन्त्रित भएको छ,” उनले बताए ।
वर्षको सुरु ६ महिनाको अवधिमा नगदको प्रवाह सकारात्मक रहेको उनले थपे । कम्पनीले आफ्नो नगदलाई दीर्घकालिन अवधिको विकासका लागि प्रयोग गर्ने सक्ने अपेक्षा गरिएको उनको भनाई थियो ।
वासिङटनले आफ्ना मित्र मुलुकहरुलाई फाइभ–जीको नेटवर्कमा हुवावेको उपकरण प्रयोग नगर्नका लागि आग्रह गर्दै आएको छ ।
हवावेका स्मार्टफोनको बिक्री बढ्दो अवस्थामा छ । यो वर्षको सुरु अर्धवार्षिक अवधिमा स्मार्टफोनको बिक्री २४ प्रतिशकतले वृद्धि भएर ३२ अर्ब अमेरिकी डलर पुृगेको छ । यद्यपि कम्पनीले चीन बाहिरका मुलुकमा भने धरातल गुमाएको लियाङले बताए ।