ब्याजदर घटाउन व्यवसायीको दवाव

पोखरा क्षेत्रका उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका छन् । कुनै बेला बन्द हड्ताल र सडक आन्दोलनको अवेज्ञा समेत गरेका व्यवसायी यति बेला आफैं सडक आनदालन गर्न थालेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजानमा बिहीबार पोखराको चिप्लेढुंगा सडकमा प्रदर्शनसहित विरोध कार्यक्रम गरिएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
बैंकहरुले ७/८ प्रतिशतको व्याजदर हाल बढाएर दोब्बर पुर्याएकाले व्यवसायी पलायन हुने अवस्था आएकाले सरकारको ध्यानकर्षणका लागि विरोध गरेको उनीहरुको भनाइ छ । आफूहरुले ज्ञापन पत्र बुझाएदेखि शान्ति पूर्ण आन्दोलन गर्दै अगाडी बढेको समयमा राज्यले कुनै सुनुवाई नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको अध्यक्ष प्रजापतीले जनाए ।
उनले सरकारले व्यवसायीका माग पूरा गर्न चासो नदिए थप आनदोलन गर्ने चेतावनी दिएका छन् । बैंकको चर्को व्याजका कारण व्यवसायीहरु हाल टाट पल्टनी अवस्थामा पुगेपनि राज्यले यसलाई समयमै राहत दिने गरी कम्तिमा एक अंकको दरमा झार्न राष्ट्र बैंकमार्फत निर्देशन दिनुपर्ने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रेधर आत्रेयले बताए ।
संघका पूर्व अध्यक्ष बाबुराम गिरीले व्यापार नहुँदा व्यवसायबाट पलायन हुन थालेको केही अप्रिय घटना समेत हुन थालेको बताए । वित्तीय संघ संस्थाको चर्को ब्याजदरका कारणले गर्दा व्यवसयीले आत्मदाह समेत गर्न थालेको भन्दै उनले सरकारले समस्या समाधानका लागि बिलम्ब गर्न नहुने तर्क गरे ।