Logo

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको मस्यौदा संशोधन गर्न माग

उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैैंकले तयार पारेको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदा उत्पादनमुलक उद्योगहरुका लागि व्यवहारिक नभएको भन्दै संशोधनको माग गरेको छ ।
संगठनले सोमबार राष्ट्र बैंकलाई सुझाव पेश गर्दै चालुपुँजी कर्जाको सीमा वार्षिक कारोबारको २० प्रतिशतसम्म मात्र रहने गरी तयार गरेको मस्यौदा उत्पादनमुलक उद्योगहरुका लागि व्यवहारिक नभएकोले उक्त व्यवस्था संशोधन गर्न माग गरेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए ।
अनुत्पादक क्षेत्र घरजग्गा, सेयर तथा व्यापारमा भएको कर्जा प्रवाहलाई नियन्त्रण गर्न खोजेको भएपनि चालु पुँजी नियन्त्रणले उत्पादनमुलक चालु पुँजीको कर्जाको सीमा निर्धारणका लागि सम्बन्धीत कम्पनीको कुन आर्थिक वर्षको कारोबारलाई आधार मानिने हो मस्यौदामा स्पष्ट नभएको संगठनले जनाएको छ ।
अघिल्लो आर्थिक बर्षमा कच्चा पदार्थ, लष्टिक तथा फ्रेट सर्भिसको रुपमा प्रयोग भएको कुनै मालवस्तु, सेवाको मुल्य चालु आर्थिक वर्षमा अप्रत्यासित रुपमा वृद्दि हुँदा चालु पुँजीको वास्तविक आवश्यकता सीमा निर्धारण नमिल्ने र उद्योगीलाई आवश्यक परेको चालू पुँजीको अभाव हुन गई उद्योग सञ्चालनमा कठिनाई उत्पन्न हुने संठठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्