Logo

पाकिस्तानले अमेरिकी होइन चिनियाँ लडाकु विमान प्रयोग ग-यो

इश्लामावाद-पुलवामा हमलापछि भारतले पाकिस्तामा रहेको आतंकवादी ठेगानमा हवाइ हमला गरेको थियो । यसबाट आक्रोशित पाकिस्तानका लडाकु विमानले भारतीय सीमामा घुस्ने प्रयास गरेको थियो । यो अवघिमा भारतीय वायु सेनाले एक अमेरिकी लडाकु विमानलाई खसालेको थियो । पाकिस्तानले अमेरिकाले दिएको एफ–१६ विमानको प्रयोग गरेर भारतमाथि आक्रमण गरेको बताउदै आएको थियो ।
पाकिस्तानले यसलाई गलत भएको बताएको छ । यो मामिलामा अमेरिकी कुटनीतिज्ञले भनेका छन्,“अमेरिका थाहा पाउन चाहन्छ कि पाकिस्तानले वास्तवमै अमेरिका निर्मित एफ–१६ कै प्रयोग गरेको थियो ?”
सीएनएनका अनुसार भारतले गत साता आजाद जम्मु कश्मिरमा खसालेको पाकिस्तानी लडाकु विमान एफ–१६ नभएर जेएफ–१७ थियो ।
जेएफ–१७ चीनले डिजाइन गरेको लडाकु विमान हो । जुन पाकिस्तान तथा चीनले संयुक्त रुपमा तयार गरेका हुन् । यो साताको अन्त्यमा सीएनएनले भारतीय पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानले यसपछि मात्रै पक्राउ गरेको जनाएको छ । भारतले प्रयोग गरेको जेट मिग–२१ सोभियत संघले डिजाइन गरेको थियो । मिग–२१ लाई भारतीय वायु सेनाको मेरुदण्डको रुपमा लिइदै आएको छ । यो जेट भारतसँग २ सयको हाराहारीमा रहेको छ ।
इश्लामावादमा अमेरिकी राजदूतावसका प्रवक्ताले रोयटर्स न्यूज एजेन्सीलाई दिएको जानकारी अनुसार अमेरिकाले भारतीय लडाकु विमानलाई खसाल्न पाकिस्तानले अमेरिका निर्मित एफ–१६ प्रयोग गरेको थियो भन्ने जान्न चाहेको छ । यदी यस्तै हो भने अमेरिका–इश्लामावाबीच एफ–१६ मा भएको सम्झौताको उल्लंघन हो ।
पाकिस्तानले भारतीय लडाकु जेट खसाल्नका ललागि एफ–१६ को प्रयोग गरेको बताएको थियो । इश्लामावादले यसलाई आत्म रक्षाका लागि गरिएको कारबाही भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्