Logo

जनता बैंकको बृहत् निःशुल्क स्वास्थ्य शिविर

जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोगसम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतीबिन्दुको शल्यक्रिया र क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको भन्दै बैंकले उक्त क्षेत्रका विपन्न जनताहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाएको छ ।
कनेपाल नेत्र ज्योति संघअन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा रोज फाउन्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्