तुलसीपुरमा गण्डकी विकास बैंकको शाखा

गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आफ्नो उद्घाटन मन्तव्यमा गण्डकी विकास बैंकले तुलसीपुरका नगरवासी एंव ग्रामीण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउँदै जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना दिए । बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउत, राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्य शर्मा, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले शुभकामना दिएका थिए । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराए ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरूमा गरी ७७ वटा शाखा कार्यालयमार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रूपमा कर्जा योजनाको साथमा एटीएम, मोबाइल बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालयलगायत केही शाखाबाट ३६५ दिने बैंकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
बैंकले आव ०७५/७६ को प्रथम त्रैमासमा सञ्चालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जातर्फ २१ अर्ब २४ करोड रुपैयाँ पु¥याएको छ । साथै बैंकको निष्क्रिय कर्जाको मात्रा अत्यन्तै न्यून छ ।