Logo

सफा टेम्पोको भाडा प्रभु बैंकको क्यूआर कोडबाट तिर्न सकिने

प्रभु बैंकले मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । क्यूआर कोड सेवा बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुने बताइएको छ ।
जसमा महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यूआर कोड राखिएको छ । उक्त सफा टेम्पोमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ । बैंकले सञ्चालनमा ल्याएको यो क्यूआर कोड सेवाबाट यात्रु भाडा भुक्तानी गर्न लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्