Logo

हुम्लामा जनता बैंकको शाखा

 नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पुराउने योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोबार शुभारम्भ गरेको छ । हुम्ला जिल्लाको अदानचुलीगाउँपालिका, चंखेलीगाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोबार सुरु गरिएको हो । अन्य शाखाहरू जस्तै यी शाखाहरूबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा सुरु गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका जनताहरूलाई देशको अन्य क्षेत्रसँग वित्तीय सञ्जालमा जोड्न यी शाखाहरू महत्वपूर्ण हुनेछन् । साथै हालसम्म मोटर बाटोको पहुँच नपुगेको यी दुर्गम भेगका जनताहरूको जीवनस्तरमा बैंकिङ सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको जनाएको छ । यी शाखाहरू समेत गरी जनता बैंकको देश भरीमाशाखा सञ्जाल १२६ पुगेको पनि बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्