सिभिल बैंकले सेयरधनीलाई ६.५७ प्रतिशत नगद लाभांश दिने भएको छ । बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैंठकले
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई उक्त नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी हुने साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश वितरण गर्न पाइने छ । हाल संस्थाको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६ सय ७३ रहेको छ ।