एनआईसी एसिया बैंकको २२ औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको २१.०५२६ प्रतिशतका दरले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० रुपैयाँ बोनस सेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंकको पुँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ पुगेको छ । शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।