एजेन्सी
बिहिवार, माघ १८, २०७४

चीनमा स्मार्टफोनको बजार पहिलो पटक ओरालो लागेको छ । गत वर्षको वार्षिक आपूर्तिमा ४ प्रतिशतको गिरावट आएको अनुसन्धानमूलक फर्म क्यानालिसले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

903
एजेन्सी
बिहिवार, माघ १८, २०७४

गत वर्ष दक्षिण कोरियामा १० मध्ये ९ ले इन्टरनेटको प्रयोग गरेको सर्भेले देखाएको छ । इन्टरनेट प्रयोगको औसत समयमा पनि वृद्धि भइरहेको छ ।

652
एजेन्सी
बिहिवार, माघ १८, २०७४

गत वर्षको बजेटमा वित्त मन्त्री अरुण जेटलीले आम्दानी करमा परिवर्तन गर्ने घोषणा गरेका थिए ।

1127
एजेन्सी
बुधवार, माघ १७, २०७४

रूसी लडाकु विमान र अमेरिकी सेनाको जासुसी विमान कालसागरमा ५ फिटको दुरीमा आमनेसामने भएका छन् । यो घटनापछि अमेरिकाले रूसलाई यस किसिमको असुरक्षित कदम रोक्न आग्रह गरेको छ । यसका साथसाथै अमेरिकाले रूसलाई सुरक्षा कायम गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।

1274
एजेन्सी
बुधवार, माघ १७, २०७४

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ । ती व्यक्तिमाथि प्रतिबन्ध लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ । तर त्यो कस्तो प्रतिबन्ध हो भन्ने बारेमा भने केही बताइएको छैन ।

957
एजेन्सी
बुधवार, माघ १७, २०७४

एप्पलको सेयरमा गिरावट आएको छ । कम्पनीले आईफोन एक्सको उत्पादनमा भारी कटौती गर्ने आदेश जारी गरेपछिको अवस्थामा कम्पनीको सेयरमा गिरावट आएको छ ।

1684
एजेन्सी
बुधवार, माघ १७, २०७४

यो वर्ष वृद्धि ओरालो लागे पनि आगामी वर्ष भारतको वृद्धि उकालो लाग्ने सरकारी प्रक्षेपणले देखाएको छ । आर्थिक वर्ष २०१७–१८ मा आर्थिक वृद्धि ७ देखि ७.५ प्रतिशतको बीचम रहने प्रक्षेपण सरकारले गरेको छ । चालू आर्थिक वर्षमा भारतको वृद्धि ६.७५ प्रतिशतमा झरेको छ ।

807
एजेन्सी
मंगलबार, माघ १६, २०७४

स्मार्टफोनको बिक्रीमा विगत ६ वर्षसम्म पहिलो स्थानमा रहँदै आएको सामसङ अब लामो समयसम्म पहिलो स्थानमा नरहने भएको छ । २०१७ को चौथो त्रैमासिक अवधिमा चिनियाँ स्मार्टफोन निर्माता शाओमीले सामसङलाई दोस्रो स्थानमा धकेल्दै पहिलो स्थानमा कायम भएको तथ्यांकले देखाएको छ ।

1136
एजेन्सी
मंगलबार, माघ १६, २०७४

बोइङसँगको मुद्दामा क्यानेडियन वायुयान निर्माता कम्पनी बमबार्डियर विजयी भएको छ । यो विजयसँगै बमबार्डियर निर्मित सी–सिरिजका विमानमा २ सय ९२ प्रतिशतको भन्सार फिर्ता भएको छ । यो विमानको केही अंश बेलायतमा पनि निर्माण गरिन्छ ।

976
एजेन्सी
मंगलबार, माघ १६, २०७४

रुसी लडाकु विमान र अमेकिरी सेनाको जासुसी विमान काल सागरमा ५ फीटको दुरीमा आमनेसामने भएका छन् । यो घटनापछि अमेरिकाले रुसलाई यस किसिमको असुरक्षित कदम रोक्नका लागि आग्रह गरेको छ । यसका साथसाथै अमेरिकाले रुसलाई सुरक्षा कायम गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।

4913
एजेन्सी
सोमवार, माघ १५, २०७४

गत वर्ष दक्षिण कोरियाको बेरोजगारी भत्ता कीर्तिमानी उचाइमा पुगेको छ । गत वर्षको बेरोजगारी दर उच्च कायम भएपछि बेरोजगारी भत्तामा पनि वृद्धि भएको हालै सार्वजनिक तथ्यांकले देखाएको छ ।

1363
एजेन्सी
सोमवार, माघ १५, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा वृद्धि गर्ने भएका छन् । उनले आगामी वर्ष सन् २०१९ का लागि ७ सय १६ अर्ब अमेरिकी डलरबराबरको बजेट प्रस्ताव गरेको समाचारमा जनाइएको छ । कंग्रेसले सो बजेट पारित गर्न बाँकी नै छ, तर पनि राष्ट्रपति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लागेको रक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

906
एजेन्सी
सोमवार, माघ १५, २०७४

आफ्नो कार्यकालको केबल १ वर्ष मात्रै पुरा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एसियालाई हेर्ने दृष्टिकोणमा भिन्नता ल्याएका छन् । एसियामा अमेरिकी सक्तिको जग मानिदै आएको एसिया, जापान, अस्ट्रेलिया र दक्षिण कोरिया सबैले लामो समयको गठबन्धनमाथिको विश्वास र रक्षकमाथिको विश्वासमा थोरै आच आएको पाएको ग्यालपको सर्वेक्षणले देखाएको छ ।

5547
एजेन्सी
आइतवार, माघ १४, २०७४

अमेरिकामा पर्यटक घट्नुमा राष्ट्रपति ट्रम्प दोषी भएको आरोप पर्यटन उद्योगले लगाएको छ । अमेरिकामा पर्यटकको संख्यामा लगातार गिरावट आएको छ ।

1278
एजेन्सी
आइतवार, माघ १४, २०७४

चीनको दक्षिण–पूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका २ लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ । गत दुई वर्षको अवधिमा उनीहरूलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले जानकारी दिए । सन् २०१५ को अन्त्यसम्ममा ५ लाख ९० हजार नागरिक गरिबीको रेखामुनि रहेकोमा सन् २०१७ को अन्त्यमा ३ लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनि रहेका छन् ।

1203