एजेन्सी
बुधवार, असार ४, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार २०२० मा हुने राष्ट्रपति चुनावका लागि प्रचार सुरु गरेका छन् । उनले पहिलो आमसभा फ्लोरिडामा गरेका छन् । यसमा करिब २० हजार मानिस रहेका थिए । उनले सभामा राष्ट्रवादी कोणबाट सम्बोधन गर्दै अमेरिकालाई फेरी महान बनाउने बताएका छन् । डेमोत्र्mयाट नेता अर्थतन्त्र ध्वस्त बनाउन लागि परेको पनि उनले बताए । विश्व अमेरिकाको अर्थतन्त्रको डाहा गर्ने गरेको पनि उनले बताए ।

387
एजेन्सी
बुधवार, असार ४, २०७६

बोइङलाई थाहा थियो कि पेरिस एयर शो सुस्त हुन्छ भनेर । तर, यो उनीहरूको अनुमानभन्दा पनि खराब भएको छ । शोको एक दिनमा बोइङले एउटा विमानको पनि अर्डर नआएको घोषणा गरेको छ । तर, यसको तुलनामा एयरबसले कीर्तिमानी अर्डर र १ सय २३ वैकल्पिक अर्डर पाएको उड्डयन परामर्शदातृ फर्म आईबीए डट आईक्यूले जनाएको छ । बोइङका सिइओ डेनिस मुइलेनबर्गले एयर शो अर्डरका लागि नभएको र उपभोक्तालाई आश्वस्त पार्ने अवसर भएको बताएका छन् । बोइङले ग्राउन्डेड ७३७–म्याक्सबाट प्रगति गरिरहेको उनले बताए ।

1926
एजेन्सी
मंगलबार, असार ३, २०७६

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भएको छ । योसँगै भारतमा २०० मेगावाट विद्युत उत्पादन गर्न भेल सक्षम हुनेछ ।

308
एजेन्सी
मंगलबार, असार ३, २०७६

 इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली एक अदालतले ५५ हजार सेकल (इजरायली) मुद्रा जरिवाना गर्न आइतबार आदेश दिएको छ । यो जरिवाना रकम १५ हजार २७५ अमेरिकी डलर बराबर हो ।

277
एजेन्सी
मंगलबार, असार ३, २०७६

सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खार्तूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि भ्रष्टाचार तथा अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ । अधिकारीहरूले पूर्व राष्ट्रपतिमाथि लगाइएका आरोपबारे अनुसन्धानका लागि उनलाई झिकाइएको हो ।

200
एजेन्सी
मंगलबार, असार ३, २०७६

भोडाफोन स्पेनले व्यापारिक रुपमा म्याड्रिड र बार्सिलोना लगायत १५ सहरहरुमा चिनियाँ दुरसंचार कम्पनी हुवावेको सहयोगमा सेवा सुरु गरेसँगै ५–जी नेटवर्क सुरु गर्ने स्पेन युरोपका सुरु मध्यको मुलुक भएको छ ।

527
एजेन्सी
मंगलबार, असार ३, २०७६

साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारे ।

197
एजेन्सी
मंगलबार, असार ३, २०७६

युरोपले नेटोको क्षेत्राधिकार बाहिर गएर रुससँग सम्बन्ध राख्नुपर्ने फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले बताएका छन् । उनले मस्कोसँग चासोको आपसी क्षेत्रमा रणनीतिक बहस गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।

357
एजेन्सी
मंगलबार, असार ३, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन् । उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए ।

123
एजेन्सी
मंगलबार, असार ३, २०७६

भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ ।

209
एजेन्सी
सोमवार, असार २, २०७६

युरोपले नेटोको क्षेत्राधिकार बाहिर गएर रुससँग सम्बन्ध राख्नुपर्ने फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले बताएका छन् । उनले मस्कोसँग चासोको आपसी क्षेत्रमा रणनीतिक बहस गर्ने इच्छा पनि व्यक्त गरेका छन् । “युरोपले रुससँग विश्वास र सुरक्षाका नयाँ नियमको निर्माण गर्नु आवश्यक छ,” म्याक्रोले बताए ।

1982
एजेन्सी
सोमवार, असार २, २०७६

भोडाफोन स्पेनले व्यापारिक रुपमा म्याड्रिड र बार्सिलोना लगायत १५ सहरहरुमा चिनियाँ दुरसंचार कम्पनी हुवावेको सहयोगमा सेवा सुरु गरेसँगै ५–जी नेटवर्क सुरु गर्ने स्पेन युरोपका सुरु मध्यको मुलुक भएको छ । विश्वकै दोस्रो ठूलो मोबाइल अपरेटर भोडाफोन स्थानिय क्यारियर तीव्र गतीको मोबाइल फोन नेटवर्क लन्च गर्ने पहिलो भएको छ । यो कम्पनीले डाउनलोड गती प्रति सेकेन्ड १ गिगाबाइट हुने जनाएको छ ।

4414
एजेन्सी
सोमवार, असार २, २०७६

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उनको ६६ वर्षको जन्मदिनका अवसरमा आइसक्रिमको बाकस उपहार दिएका छन् । उनले शनिबानर ताजिकिस्तानमा सीलाई यो उपहार दिएका हुन् ।

284
एजेन्सी
सोमवार, असार २, २०७६

चीनको हनसोह फर्मा कम्पनीका संस्थापक तथा अध्यक्ष ५८ वर्षीय झोङ हुइजुआन एसियाकै सर्वाधिक धनी स्वनिर्मित महिला बनेकी छन् । उनको कुल सम्पत्ति शुक्रबारसम्म १०.५ अर्ब डलर पुगेको छ । हङकङको सेयर बजारमा हनसोह फर्माको लिस्टिङको पहिलो दिन ३७ प्रतिशतले वृद्धि भएको छ । झोङसँग हनसोह फर्माको ६८ प्रतिशत सेयर रहेको छ । उनले १९९५ मा कम्पनी सुरु गरेकि थिइन् ।

355
एजेन्सी
सोमवार, असार २, २०७६

अफ्रिकी मुलुकहरू कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आपत्कालीन बैठक बसेको छ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रूपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ ।

327

सातामा धेरै पढिएको