एजेन्सी
मंगलबार, फाल्गुन १५, २०७४

पेट्रको सफल लन्चिङपछि भेनेजुएला हालै दुईवटा राष्ट्रिय क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने विश्वकै पहिलो मुलुक हुन लागेको टिभी न्युज नेटवर्क ग्लोबोभिजनले जनाएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास माडुरोलाई उद्धृत गर्दै टिभी च्यानलले उक्त कुरा बताएको हो । नयाँ भर्चुअल टोकनलाई पेट्रो ओरो नाम दिइएको छ । यो मुद्रालाई बहुमूल्य धातुको समर्थन रहनेछ । आगामी साता यो नयाँ क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने समयतालिका मिलाइएको छ ।

1072
एजेन्सी
सोमवार, फाल्गुन १४, २०७४

रूसले सिरियामा अत्याधुनिक फाइटर जेट पठाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले सिरियामा काम गरिरहेका अमेरिकी सेनाका लागि खतरा बढेको बताइएको छ ।सु–५७ मस्कोको सर्वाधिक परिष्कृत सैन्य जेट हो र यसमा गोप्य (स्टिल्थ) क्षमता पनि रहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो सेनाको उपस्थितिलाई कम गर्ने प्रतिबद्धता जनाए बाबजुद रूसको यो कदम आएको हो । “सिरियामा पाँचौं पुस्ताको फाइटरको उपस्थितिले सिरियाबाट सेना फिर्ता हुने पतिबद्धता पूरा भएको छैन,” पेन्टागनका प्रवक्ता एड्रियन राङ्किन ग्यालेवेले बताए ।

7208
नीरज पिठाकोटे
सोमवार, फाल्गुन १४, २०७४

तेस्रो मुलुकबाट नेपालमा आयात गरिने सामानको पारवहन सेवाका लागि भारतको विशाखापट्टनम बन्दरगाह सबैभन्दा उत्तम विकल्पका रूपमा देखिएको छ । दूरीको हिसाबले नेपालबाट करिब १४ सय किलोमिटरमा रहेको भारत आन्ध्रप्रदेशको विशाखापट्टनममा पर्ने बन्दरगाहमा तेस्रो मुलुकबाट सामान आयातका लागि सबै सुविधा उपलब्ध रहेकाले पनि नेपाली आयातकर्ताका लागि उपयुक्त देखिएको हो ।

1212
एजेन्सी
आइतवार, फाल्गुन १३, २०७४

प्योचाङ शीतकालीन ओलम्पिकमा किम जोङ उनकी बहिनीको भ्रमणका लागि दक्षिण कोरियाले २ लाख २३ हजार डलर खर्च गरेको दक्षिण कोरियाका सरकारी अधिकारीले बताएका छन् ।

688
एजेन्सी
आइतवार, फाल्गुन १३, २०७४

आतंकवादी हमला भएको दुई वर्षपछि सन् २०१७ मा फ्रान्सको राजधानी पेरिसमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । पेरिस भ्रमणका लागि उल्लेख्य होटल बुकिङ भएपछि सन् २०१५ को नोभेम्बरमा पेरिसमा आतंकवादी हमलाका कारण लागेको घाउ बिस्तारै निको भएको महसुस गरिएको छ ।

751
रासस
बिहिवार, फाल्गुन १०, २०७४

पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ ।

1134
रासस
बिहिवार, फाल्गुन १०, २०७४

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३४६ नागरिक मारिएका बुधबार जनाएको छ ।

1300
एजेन्सी
बिहिवार, फाल्गुन १०, २०७४

टिकाउ उपभोग्य सामान उत्पादनको दृष्टिकोणबाट दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स लगातार दोस्रो वर्षमा भारतकै विश्वासिलो ब्रान्ड भएको हालैको सर्भेले देखाएको छ ।

910
एजेन्सी
बिहिवार, फाल्गुन १०, २०७४

सीमामा देखिएको विवादलाई लक्षित गर्दै चीनले हवाइ प्रतिरक्षालाई बलियो बनानएको चीनकमा राज्य स्वामित्वका सञ्चार माध्यमले जनाएका छन् ।ग्लोबल टाइम्सले जनमुक्ति सेनाको वेबसाइटमा आएको अंग्रेजी भर्सनमा चीनले पश्चिमी क्षेत्रमा हवाई प्रतिक्षालाई बलियो बनाएको कुरा उल्लेख गरेको समाचार प्रकाशित गरेको छ ।

2368
एजेन्सी
बिहिवार, फाल्गुन १०, २०७४

बजारमा आउन लागेको सामसङको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस–९ र ग्यालेक्सी एस–९ प्लसका बारेमा लगभग सबै कुरा बाहिर सार्वजनिक भइसकेको छ । यसको ढाँचादेखि लिएर विशेषता सबै कुरा अब कल्पनाको विषय भएको छैन । गोप्य सूचना चुहावट गर्नेले ग्यालेक्सी एस–९ र ग्यालेक्सी एस–९ प्लसको मूल्य पनि हाल वेबमा चुहाइसकेको छ ।

1312
एजेन्सी
बिहिवार, फाल्गुन १०, २०७४

२ सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताले मिलेर डोनाल्ड ट्रम्पलाई अमेरिकाको २ सय २९ वर्षको लोकतन्त्रकै खराब राष्ट्रपतिका रूपमा चुनेका छन् । ग्रेट प्रेसिडेन्ट सर्भेमा ट्रम्प ४४ औं अर्थात् सबैभन्दा पुछारमा छन् । यो सर्भेमा अमेरिकी राष्ट्रपतिको उपलब्धि, असफलता, विवाद, छवि तथा कार्यकालमा भएको देशको अवस्थाका आधारमा १ सय अंक दिइएको छ । १ सय अंकलाई सबैभन्दा राम्रो र शून्य अंकलाई सबैभन्दा खराब मानिन्छ । ट्रम्पलाई १२ अंक मात्रै प्राप्त भएको छ ।

1023
रासस
बुधवार, फाल्गुन ९, २०७४

दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

1008
एजेन्सी
बुधवार, फाल्गुन ९, २०७४

अमेरिकी एरोस्पेस उत्पादक बोइङले आफ्नो नयाँ विमान ७३७ म्याक्स–९ लाई संघीय उड्डयन प्रशासनले व्यापारिक सेवाका लागि प्रमाणित गरेको जनाएको छ । बोइङको उक्त विमानले विमानको सञ्चालन, प्रणाली र समग्र भूमिका आवश्यक उड्डयन नियमसँग मिलेको पाइएको अमेरिकी उड्डयन नियामकले पुष्टि गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

918
एजेन्सी
मंगलबार, फाल्गुन ८, २०७४

अमेरिकी अर्बपति धनाढ्य बिल गेट्सले आफू जस्तो धनी मानिसले धेरै कर तिर्नुपर्ने बताएका छन् ।“मैले धेरै कर तिरेको छु । यो १० अर्ब डलर भन्दा बढी अर्थात अन्य कुनै मानिसले तिरेको भन्दा बढी छ । तर सरकारले मेरो अवस्थामा बसेका मानिसले बढी कर तिर्ने व्यवस्था गर्नुपर्छ,” माइक्रोसफ्टका सह संस्थापक अर्बपतिले बताए ।

853
एजेन्सी
मंगलबार, फाल्गुन ८, २०७४

जनवरीमा ८ महिनमा पहिलो पटक जापानले व्यापार घाटा बेहोरेको छ । इन्धनको आयात निर्यात आम्दानीको तुलनामा बढी भएपछि जापान व्यापार घाटामा भएको सरकारी तथ्यांकले देखाएको छ ।

1163