एजेन्सी
बिहिवार, भदौ १९, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको चीनले खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्त्रण गर्नेे प्रतिबद्धता पालना नगरेको बताएपछि प्रतिक्रियामा चीनको उक्त भनाइ आएको हो ।

384
एजेन्सी
बिहिवार, भदौ १९, २०७६

बैंक अफ इंग्ल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन् । कार्नीले हालै केन्द्रीय बैंकरहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझाव दिएका छन् । यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोण के हो भन्नेबारे संक्षिप्त आकलन गरिएको छ । कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोणलाई विश्वका प्रमुख केन्द्रीय बंैकहरूले समर्थन गर्ने विश्वास गरिएको छ ।

361
एजेन्सी
मंगलबार, भदौ १७, २०७६

भगवानको मूर्तिपछि अब भरतीयको घरमा चिनियाँ अगरबत्तीको पनि भरमार प्रयोग हुन थालेको छ । चीनबाट ठूलो परिमाणमा अगरबत्ती आयात हुनाले भारतीय अगरबत्ती उद्योगले खतरा महशुस गर्न थालेका छन् । विगत केही वर्षदेखि चीनबाट भारतमा आयात भएको अगरबत्तीको अनुपात हजारौ गुणाले वृद्धि भएको छ । कपडा एवंम ग्रामिण उद्योग (केभीआईसी) को तथ्यांक अनुसार चीन र भियतनामबाट ठूलो परिमाणमा अगरबत्तीको आयात भइरहेको छ । विशेषगरी चीनबाट भारतमा आयात हुने अगरबत्तीमा ठूलो परिमाणमा वृद्धि भइरहेको छ ।

510
एजेन्सी
मंगलबार, भदौ १७, २०७६

गत शुक्रबार भारतको केन्द्रीय तथ्यांक कार्यालयले अप्रिल–जुन त्रैमासिक अवधिको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आंकडा सार्वजनिक गरेको थियो । उक्त आंकडाबाट देशको आर्थिक वृद्धि दर घटेर ५ प्रतिशतमा झरेको देखाएको छ । भारतको यो वृद्धि दर करिब ७ वर्षकै न्यून हो । अर्को चाख लाग्दो कुरा के छ भने भारतको यो वृद्धि दर नेपाल तथा बंगलादेशको भन्दा पनि कम हो ।

657
एजेन्सी
बिहिवार, भदौ १२, २०७६

रुसी मानवरहित विद्युतीय रेलको सफल परिक्षण गरिएको छ । यो रेलले पुतलाको अगाडि आफसेआफ रोकिन सफल भएपछि यो मानव रहित विद्युतीय रेलको सफल परिक्षण भएको हो । लास्टोच्का ११३ यो रेल मस्कोको चेरबिन्कामा परिक्षण लन्च गरिएको थियो ।

706
एजेन्सी
बिहिवार, भदौ १२, २०७६

चीनसँगको शुल्क र व्यापार युद्ध अमेरिकाले निकट भविष्यमै सामना गर्ने वित्तीय समस्याको कारण भएकमो छ । तर बजार विज्ञले दीर्घकालिन अवधिमा अमेरिकी अर्थतन्त्रलाई वृद्धिमै राख्ने हो भने ठूलो संख्याको आप्रवासी आवश्यक हुने एक बजार विज्ञले बताएका छन् । जेपी मोर्गान फन्डका प्रमुख विश्वव्यापी रणनीतिकार डेभिड केलीले थप बेबी बुमर्स अवकासको उमेरमा पुगेसँगै अमेरिकाले श्रमिकको अभावको सामना गर्ने अवस्थामा पुग्ने बताएका छन् ।

833
एजेन्सी
बुधवार, भदौ ११, २०७६

गत वर्षदेखि अमेरिका र चीन व्यापार युद्धमा होमिएका छन् । यो युद्ध हाल पनि जारीनै रहेको छ । तर मानिसलाई यसको कुनै मतलनबनै नभएको जस्तो देखिन्छ । सायद यही कारणले होला चीनमा खुलेको अमेरिकी रिटेल चेनको स्टोरमा यती ठूलो भीड जम्मा भयो कि उक्त स्टोर समय भन्दा पहिलेनै बन्द गर्नु परेको छ ।

1770
एजेन्सी
बुधवार, भदौ ११, २०७६

साउदी अरेबिया विशेषगरी महिलाका लागि कट्टर मानिदै आएको छ । तर साउदी महिलालाई केबल १५ मिनेटमा पासपोर्ट दिइने बताएपछि उनीहरुको खुसीले ठाउँनै छोडेको छ । एक मिडियामा प्रकाशित सामग्रीमा यसको जानकारी दिइएको हो । मक्क क्षेत्रका पासपोर्ट निर्देशक मेजर जनरल अबेद अल हारथीले साउदी गजेटलाई बताए अनुसार साउदीमा पासपोर्टका लागि आवेदन गर्ने महिलाको संख्यामा पनि वृद्धि भइरहेको छ । महिला यो मामिलामा सबैभन्दा अब्बल रहेका छन् ।

640
एजेन्सी
बुधवार, भदौ ११, २०७६

अमेरिकी राष्ट्रपतिले दावी गरे जस्तै सप्ताहन्तमा आफ्नो मुलुकको तर्फबाट अमेरिकालाई कुनै फोन नगरेको दावी चीनले गरेको छ । “अमेरिकाले भने जस्तै सप्ताहन्तमा कुनै पनि दुईवटा फोन गरेको मलाई थाहा छैन,”चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले बताए । उनले सोमबार चीनकोतर्फबाट अमेरिकामा कुनै फोन कल भएको अस्वीकार गरेका छन् ।

676
एजेन्सी
मंगलबार, भदौ १०, २०७६

अर्बपतिको संख्याका आधारमा भारत तेस्रो ठूलो देश भएको छ र आगामी वर्षहरुमा पनि यो अवस्था रहिनै रहने छ । आगामी ८ वर्षको अवधिमा भारतमा अर्बपतिको संख्यामा दोब्बरले वृद्धि हुने अपेक्षा गरिएको छ । पहिलो स्थानमा अमेरिकानै रहेको छ । अफ्रेसिया बैंक ग्लोबल वेल्थ माइग्रेसन रिभ्यूका अनुसार यो सूचीमा अमेरिका र भारतका अलावा चीन पनि समावेस छ । चीन दोस्रो स्थानमा रहेको छ ।

1388
एजेन्सी
मंगलबार, भदौ १०, २०७६

रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मंगलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

391
एजेन्सी
मंगलबार, भदौ १०, २०७६

फ्रान्समा चलको जी–७ को बैठकको बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरेका छन् । भेटपछि जब दुवै नेता मिडियामा देख परे आपसमाम कानेखुसी गरेका थिए र दुबै मुस्कुराइरहेका थिए । दुवै नेताबीच भएको कुराकानीको बारेमा सोधिएको प्रश्नमा मोदीले हिन्दीमा भने,“मलाई लाग्छ कि हामीलाई वार्ता गर्न दिनुहोस् । आवश्यक परेको समयमा तपाईहरुलाई बोलाउने छौ ।”

536
एजेन्सी
मंगलबार, भदौ १०, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यापार युद्धको विषयलाई लिएर चीन र इरानसँग पनि नरम भएका छन् । ट्रम्पले हालै रद्ध भएको चीन– अमेरिका व्यापार वार्ता चाडै सुरु हुने बताएका छन् । यसका साथसथै उनले तेहरानमा शासन परिवर्तनको माग पनि गरेका छैनन् ।

403
एजेन्सी
बुधवार, भदौ ४, २०७६

अमेरिकी रक्षा विभागले ताइवानलाई सम्भावित रुपमा ८ अर्ब डलरको एफ–१६ लडाकु विमानको सम्भावित बिक्री पारित गरेको प्रतिरक्षा सेक्यूरिटी कर्पोरेसन एजेन्सीले कंग्रेसलाई गराएको आधिकारिक जानकारीमा उल्लेख छ । सम्भावित ६६ विमान, ७५ जनरल इलेक्ट्रिकका साथै अन्य प्रणालीको सम्भावित सम्झौता हुन सक्ने एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ । चीनले पहिलेनै बिक्रीको बारेमा आलोचना गरिसकेको छ ।

965
एजेन्सी
बुधवार, भदौ ४, २०७६

चीन र रुसले संयुक्त रुपमा विकास गरेको लामो दुरीको यात्रु विमान निर्धारित समयमा नआउने देखिएको छ । चीन र रुसका राज्य स्वामित्वका कम्पनीहरुले २०१४ देखि संयुक्त रुपमा वाइड बडी जेटका लागि काम गरिरहेका छन् । यो विमान सुरुमा २०२५ सम्ममा आई पुग्ने लक्ष्य निर्धारण गरिएको थियो ।

1061