एजेन्सी
शुक्रवार, असार ६, २०७६

चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

249
एजेन्सी
शुक्रवार, असार ६, २०७६

अमेरिका र रूसबीचको सम्बन्धमा दरार आएको समयमा अमेरिकाले कुनै पनि समयमा रूसलाई अन्धकार बनाउन सक्ने खबर बाहिरिएको छ ।

906
एजेन्सी
शुक्रवार, असार ६, २०७६

संयुक्त राष्ट्रसंघले सन् २०१८ सम्ममा विश्वभर करिब ७ करोड मानिस आफ्नो घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजातबेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रूपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।

203
एजेन्सी
शुक्रवार, असार ६, २०७६

जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरूले बताएका छन् ।

316
एजेन्सी
बुधवार, असार ४, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुल सम्पत्तिमा गत वर्ष ५ प्रतिशतले वृद्धि भएर ३ अर्ब डलर पुगेको छ । योभन्दा पहिलेका दुई वर्षको अवधिमा उनको कुल सम्पत्तिमा कमी आएको थियो । हालको सम्पत्ति २०१६ को स्तरमा आइपुगेको छ ।

709
एजेन्सी
बुधवार, असार ४, २०७६

अमेरिकासँगको परमाणु सम्झौतामा बढेको तनावका बीच इरान अब युरेनियम हतियार बनाउनबाट १ पाइला मात्रै पछाडि छ । इरान परमाणु ऊर्जा संगनका अनुसार इरानले युरेनियम संवद्र्धनको गतिलाई चार गुणाले बढाएको छ ।

2004
एजेन्सी
बुधवार, असार ४, २०७६

हाल जनसंख्याको मामिलामा भारत चीनपछि विश्वकै दोस्रो ठूलो मुलुक हो । संयुक्त राष्ट्रसंघको आर्थिक एवं सामाजिक मामिला विभाग (युएन–डीईएसए) ले हालै जारी गरेको एक रिपोर्टका अनुसार २०२७ सम्ममा भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ ।

541
एजेन्सी
बुधवार, असार ४, २०७६

आगामी २ वर्षको अवधिमा हुवावेको बिक्रीमा ३० अर्ब डलरको नोक्सानी हुने कम्पनीका संस्थापक एवं सिईओले बताएका छन् । आफ्नो कम्पनीविरुद्धको अमेरिकी अभियानका कारण यो परिमाणको क्षती हुने रेन झेङफेइले बताए ।

519
एजेन्सी
बुधवार, असार ४, २०७६

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच जना मानिसको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लास्थित एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चारमाध्यमले मंगलबार जानकारी दिएको छ ।

203
एजेन्सी
बुधवार, असार ४, २०७६

इन्सेफ्लाइटिसको महामारीबाट १ सय जनाभन्दा बढी बालबालिकाको ज्यान गएपछि भारत सरकारले करिब १ सय जना स्वास्थ्य अधिकारी बिहारको उक्त प्रभावित क्षेत्रमा पठाएको छ ।

139
एजेन्सी
बुधवार, असार ४, २०७६

चीनमा सोमबार राति आएको भूकम्पका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । चीनको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरू १ सय २२ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

176
एजेन्सी
बुधवार, असार ४, २०७६

अमेरिका र रुसबीचको सम्बन्धमा दरार आएको समयमा अमेरिकाले कुनै पनि समयमा रुसलाई अन्धकार बनाउन सक्ने खबर बाहिरिएको छ । सुत्रका अनुसार रुसको इलेक्ट्रिक पावर ग्रिडलाई अमेरिकाले ह्याक गर्न सक्छ । यसबाट कुनै पनि समयमा रुसमा विद्युत जान सक्छ । क्रेमलिनले यो विषयमा सोमाबार जानकारी दिएको हो ।

3649
एजेन्सी
बुधवार, असार ४, २०७६

चीनले अमेरिकासँग आफु लामो अवधिको व्यापार युद्ध लड्नका लागि तयार भएको जनाएको छ । चीनले सम्भव भए सम्म चाडो आफ्नो रेयर अर्थ उद्योगको नीतिहरुको संगालो सार्वजनिक गर्ने जनाएको छ । व्यापार युद्धको समयमा प्राकृतिक स्रोतलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने चेतावनीपछिको समयमा चीनको यस्तो भनाई सार्वजनिक भएको हो ।

3765
एजेन्सी
बुधवार, असार ४, २०७६

यदी पूर्व उप राष्ट्रपति डेमोक्र्याट को मनोनयनमा परेमा आगामी चुनावमा अमेरिकी मिलेनियरले डोनाल्ड ट्रम्पको सट्टा जोइ बिदेनलाई भोट हाल्ने एक नयाँ सर्भेले देखाएको छ । एक अमेरिकी सञ्चार माध्यमको सर्भेमा यदी २०२० को चुनावमा विभिन्न बिरोधीका बिरुद्धमा ट्रम्प उमेद्वार भएमा कसलाई छान्नु हुन्छ भन्ने प्रश्न सोधिएको थियो । आमने सामने मुकाविलामा ट्रम्पलाई हराउन सक्नेमा बिदेन र पिट बुटिगिग मात्रै देखिएका छन् । ५३ प्रतिशत मिलेनियरले आफुले ट्रम्पको सट्टा बिदेनलाई भोट हाल्ने बताएका छन् ।

534
एजेन्सी
बुधवार, असार ४, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार २०२० मा हुने राष्ट्रपति चुनावका लागि प्रचार सुरु गरेका छन् । उनले पहिलो आमसभा फ्लोरिडामा गरेका छन् । यसमा करिब २० हजार मानिस रहेका थिए । उनले सभामा राष्ट्रवादी कोणबाट सम्बोधन गर्दै अमेरिकालाई फेरी महान बनाउने बताएका छन् । डेमोत्र्mयाट नेता अर्थतन्त्र ध्वस्त बनाउन लागि परेको पनि उनले बताए । विश्व अमेरिकाको अर्थतन्त्रको डाहा गर्ने गरेको पनि उनले बताए ।

335