एजेन्सी
मंगलबार, भदौ ३१, २०७६

बोइङले आगामी २० वर्षका लागि चीनबाट हुने विमानको मागको प्रक्षेपण बढाएको छ । यो विष्फोटक रुपमा रहेको चिनियाँ हवाई यात्राको मागमा आधारित भएर गरिएको हो । तर नयाँ विमानको मागको वृद्धि भने विमान निर्माताको गत वर्षको तुलनामा सुस्त हुने बताइएको छ । २०३८ सम्म चिनियाँ विमान सेवा कम्पनीहरुका लागि ८ हजार ९० नयाँ विमानको आवश्यकता पर्नेछ । यो गत वर्षको बोइङको प्रक्षेपण भन्दा ५.२ प्रतिशतले बढी हो । यी विमानको मुल्य सूची मूल्यमा आधारित हुने हो भने १३ खर्ब अमेरिकी डलर बराबरको हो ।

766
एजेन्सी
मंगलबार, भदौ ३१, २०७६

सप्ताहन्तमा साउदी अरेबियाको तेल उद्योगमा भएको आक्रमणको जवाफ दिनका लागि आपूm नहतारिने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । शनिबार अबकेक र नजिकैको तेल क्षेत्रमा आक्रमण भएको थियो । यसले दैनिक ५७ लाख व्यारेल कच्चा तेलको उत्पादन तथा साउदीको समग्र तेल उत्पादनको ५० प्रतिशत भन्दा बढी उत्पादनमा गिरावट आएको थियो । यो घटनासँगै ब्रेन्ट कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । यो इतिहासकै ठूलो वृद्धि हो ।

393
एजेन्सी
सोमवार, भदौ ३०, २०७६

पिउ रिसर्च सेन्टरले जारी गरेको २०१८ को प्रतिवेदन अनुसार १९ प्रतिशत वयष्का अमेरिकीले आपूलाई माथिल्लो वर्गको परिवार सम्झने गरेको देखाएको छ । यो समूहको मध्यम आम्दानी २०१६ मा १ लाख ८७ हजार ८७२ डलर थियो । राष्ट्रिय मध्यमको दोब्बर भन्दा बढी वार्षिक आम्दानी भएको परिवारलालाई पिउले माथिल्लो वर्गको भएको मान्ने गष्रेको छ । तर यो पनि परिवारको सदस्य संख्याको आधारमा निर्धारण गरिएको छ । धेरै सदस्य भएको परिवारको तुलनामा थोरै आम्दानी भएको परिवारको आम्दानी थोरैनै भएपनि उनीहरुको जीवनस्तर उच्च हुने गर्छ ।

428
एजेन्सी
सोमवार, भदौ ३०, २०७६

विश्वकै ठूलो तेल कम्पनी अरामकोमा भएको हुथी बिद्रोहीको आक्रमणपछि विश्वभरीमा तेलको मूल्य प्रभावित भएको छ । तेल बजारमा कच्चा तेलको मूल्यमा १० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । साउदी अरेबिया तथा अमेरिकाले यो हमलाका पछाडि इरान समर्थित हुथी बिद्रोही जिम्मेवार भएको बताएका छन् । उनीहरुले इरानलाई यसको परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।

427
एजेन्सी
सोमवार, भदौ ३०, २०७६

काडमाडौंमा आइतबार बीआरआई संवादमा छलफल गरिएको छ । यो छलफलमा पूर्व प्रधानमन्त्री एंवम सत्तारुढ दर नेकपाका सह अध्यक्ष पुष्प कमल दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ आयोजनाका अनुसार नेपालको परियोजनामा ढिलाई हुन नहुने बताएका छन् । यसको देशमा सामाजिक–आर्थिक विकासमा योगदान पुग्ने बताउदै उनले यो योजनामा ढिलाई गर्न नहुने बताएका हुन् ।

648
एजेन्सी
आइतवार, भदौ २९, २०७६

बेलायतको अक्सफोर्डशायरका ब्लेनहेम प्यालेसमा रहेको सुनको शौचालय चोरी भएको छ । १८ क्यारेटबाट बनेको यसको मूल्य ५० लाख डलर अर्थात ५६ करोड रुपैयाँ पर्छ । यो शौचालयलाई आर्ट प्रदर्शनीमा राखिएको थियो । यो शौचालय कसले चो¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अमेरिकाको नामबाट चिनिदै आएको यो शौचालयलाई सबैभन्दा पहिले न्यूयोर्क सहरमा २०१६ मा गगेनहाइममा प्रदर्शित गरिएको थियो । ब्लेनहाइम प्यालेसमा यो शौचालयलाई चर्चिलको जन्म भएको कोठा नजिकै राखिएको थियो ।

469
एजेन्सी
बिहिवार, भदौ २६, २०७६

भारत र चीनबीच सीमा फेरी एक पटक तनाव बढेको छ । बुधबार भारत र चिनियाँ सैनिकबीच प्यागोम झील नजिक झडप भएको हो । विवाद यति सम्म बढ्योकि दुवै देशका सेनाकाबीच ब्रिगेडियर तहमा मिटिङ भएपछि घटना शान्त भएको थियो । सुत्रका अनुसार १३४ किलोटिरको फेलीपेगोम झीलको उत्तरी किनारामा भारतीय तथा चिनियाँ सैनिकबीच मुक्का मुक्की भएको थियो । यो झीलको दुई तिहाई हिस्सामा चीनको नियन्त्रण रहदै आएको छ ।

797
एजेन्सी
बिहिवार, भदौ २६, २०७६

भारतको इसरोका अतिरिक्त अमेरिकी स्पेस एजेन्सी नासाले पनि डीप स्पेस एन्टिनाको सहयोगबाट चन्द्रमामा भएको बिक्रम ल्यान्डरलार्य सम्पर्क गर्ने कोशिश गरेको छ । नासाले बिक्रमलाई ‘हेलो’ सन्देश पठाएको छ । सेप्टेम्बर ७ मा बिक्रम ल्यान्डरको सम्पर्क चन्द्रमाको केबल २.१ किमीको दुरीमा पुगेपछि टुटेको थियो । बिक्रमले त्याहाँ सफ्ट ल्यान्डिङ गर्नु रहेको थियो ।

1214
एजेन्सी
बुधवार, भदौ २५, २०७६

चीनले अमेरिकासँगको व्यापार युद्ध जित्ने र अमेरिकी प्रविधिमा रहेको निर्भरता हटाउने एक रणनीतिकारले बताएका छन् । “चीनले फेरी कहिले पनि अमेरिकालाई विश्वास गर्नेछैन र साता वर्षको अवधिमा प्रविधिमाथिको स्वंय निर्भरता हासिल गर्छ,” इन्डिपेन्डेन्ट स्ट्राटेजीका अध्यक्ष र विश्वव्यापी रणनीतिकार डेभिड रोचले बताए ।

619
एजेन्सी
बुधवार, भदौ २५, २०७६

देशका केही भागमा हावाको गुणस्तर कम भएकाले मलेसियाले क्लाउड सिडिङको माध्यमबाट वर्षा गराउने भएको छ । छिमेकी देश इन्डोनेसियाको जंगलमा लागेको आगोपछिको धुवाले मलेसियाको वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ । एक अधिकारीका अनुसार कुइरोका कारण दक्षिण पूर्वी एसियाको केही हिस्सा प्रदूषणयुक्त भएको छ ।

401
एजेन्सी
बुधवार, भदौ २५, २०७६

एप्पलले ३ आईफोन लन्च गरेको छ । यसरी लन्च भएका ३ आईफोनमा आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स रहेका छन् । लन्चिङको समयमा एप्पलका सीईओ टीम कुकले आईफोन एक्सार २०१८ को बेस्ट सेलिङ स्मार्टफोन भएको बताएका छन् । नेपालमा एप्पल आईफोन ११ को ६४ जीबी स्टोरेज भरियन्टको मूल्य १ लाख ३ हजार ८४० रुपैयाँ पर्छ । भारतमा यो फोन सेप्टेम्बर २७ देखि उपलव्ध हुनेछ । यो फोन ६४ जीबीका अतिरिक्त १२८ जीबी तथा २५६ जीबी भेरियन्टमा उपलव्ध हुने छ । आईफोन ११ छ रंगमा उपलव्ध हुनेछ । आईफोन ११ को विशेषता

819
एजेन्सी
मंगलबार, भदौ २४, २०७६

चिनियाँ खगोलविदले अन्तरिक्षमा फास्ट रेडियो बस्र्ट (एफआरबी) भनिने संकेतको पहिचान गरेका छन् । यो रहस्यमयी संकेतको स्रोत पृथ्वीबाट तीन अर्ब प्रकाश वर्ष टाढा भएको बताइएको छ । एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सेकेन्डमा हजारौ हिस्साको बराबर हुन्छ । अहिलेसम्म यो संकेतको उत्पत्तिको विषयलाई लिएर स्पष्ट जानकारी मिलेको छैन ।

1305
एजेन्सी
मंगलबार, भदौ २४, २०७६

एकातरि भारत चन्द्रमामा जाने सोच बनाइरहेको छ भने अर्कोतर्फ एक्सपाट इनसाइडरको एक सर्भेमा भारत विश्वकै पाँचौ सर्वाधिक खतरनाक देश भएको छ । यो सर्भे आफ्नो मुलुक छोडेर विदेशमा बस्ने र वाहाँ काम गर्ने मानिसको अन्तर्वार्ताको आधारमा तयार पारिएको हो । यो सूचीमा भारत र पाकिस्तान जस्ता मुलुकहरुको नाम त्यती अन्तरमा रहेका छैनन् । सूचीमा भारतका अतरिक्त अन्य देशको नाम पनि समावेश छ । सूचीको पहिलो स्थानमा ब्राजिल, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा नाइजेरिया तथा चौथोमा अर्जेन्टिना रहेका छन् । यी देशको सूचीमा भारत पाँचौ स्थानम रहेको छ ।

2899
एजेन्सी
सोमवार, भदौ २३, २०७६

भारतको केन्द्र सरकारका मन्त्रीहरूले आ–आफ्ना कामको १ सयदिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । सरकार गठन भएको १ सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका हुन् ।

281
एजेन्सी
सोमवार, भदौ २३, २०७६

जुलाईमा जापानको घरधुरी खर्च लगातार आठौं महिनामा वृद्धि भएको छ । यद्यपि यो अपेक्षाभन्दा सुस्त गतिमा वृद्धि भएको छ । अमेरिका–चीनबीचको व्यापारिक युद्धका कारण बाह्य मागमा आएको कमीसँग संघर्षरत अवस्थाबाट गुज्रिरहेको जापानी अर्थतन्त्रमा उपभोगको महŒवपूर्ण भूमिका रहेको छ ।

364