एजेन्सी
आइतवार, माघ २७, २०७५

ग्लोबल वार्मिङका कारण रुसको पूर्वमा रहेको नाभाया जेमल्या द्विप समूहका कैयौ घरमा हिंस्रक धु्रविय भालू पस्न थालेका छन् । यो घटनाबाट त्याहाँ बस्ने मानिस आतंकित हुन थालेका छन् । मानिसबीच भागदौड मच्चिन थालेपछि रुसमा आपतकालकै घोषणा गर्नु परेको छ । स्थानिय प्रशासनका अनुसार त्याहाँ बस्ने तीन हजार मानिसले यस किसिमको घटनासँग जुझ्नका लागि सहयोग मागेका छन् ।

564
एजेन्सी
आइतवार, माघ २७, २०७५

९७ वर्षिय राजकुमार फिलिपले सवारी चलाउन छोडको घोषणा गरेको बकिङघम प्यालेसले जनाएको छ । २ महिलालाई घाइते बनाउनेगरी सवारी ठोकिएको १ महिना भन्दा पनि कमको अवधिमा उनको यस्तो निर्णय आएको हो । रानी एलिजावेथ द्वितियका पतिले बडो सोच बिचारपछि यस्तो निर्णय लिएको दरबारले जनाएको छ । उनले स्वेच्छिक रुपमै लाइसेन्स त्याग्ने निर्णय गरेका हुन् ।

717
एजेन्सी
आइतवार, माघ २७, २०७५

रुसले २०३१ सम्ममा चन्द्रमामा मानिस उतार्ने योजना बनाएको आरआईए नोभोस्टि समाचार संस्थाले जनाएको छ । रसियन सेन्ट्रल रिसर्च इन्सटिच्यूट अफ मेसिन बिल्डिङको दस्तावेजलाई उद्र्धृत गर्दै एजेन्सीले यस्तो जनाएको हो ।

625
एजेन्सी
आइतवार, माघ २७, २०७५

सर्वोच्च अदालतले मायावतीलाई जोडदार झट्का दिएको छ । अदालतले मायावतीलाई चुनाव चिन्ह हात्ति तथा आफ्नो मूर्तिका लागि आएको खर्च अदालतमा जम्मा गर्नका लागि आदेश दिएको छ । मायावतीको एक मूर्तिको मूल्य अनुमानित ३ देखि ४ करोड भारु रहेको छ । यो मूल्य सचिनको फरारी कार भन्दा दुई गुणा महँगो रहेको छ ।

678
एजेन्सी
आइतवार, माघ २७, २०७५

बिल गेट्स १३६ अर्ब अस्ट्रेलियन डलरको सम्पत्ति सहित विश्वकै दोस्रो धनी मानिस हुन् । तर उनको १२ अंकको बैंक ब्यालेन्सले पनि उनलाई कपाल काट्नका लागि लाइनमा अरुलाई छलेर अगाडि बढ्नका लागि ग्यारेन्टी गर्न सकेको छैन । शनिबार प्रकाशित सिड्नी मर्निङ हेराल्डका अनुसार ६३ वर्षिय माइक्रोसफ्टका संस्थापकले पनि यो बन्दर्गार्हा सहरको शैलुनमा जादा पालो कुरेरै कपाल काट्नु परेको छ ।

1860
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

कुवेतमा एक जोडीको विवाह भएको ३ मिनेटपछिनै डिभोर्स भएको छ । यो विवाहलाई कुवेतको इतिहासमै छोटो मानिएको छ । क्यू–८ न्यूजका अनुसार उनीहरुले न्याधीशको अगाडि आफ्नो विवाहको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

2417
एजेन्सी
बिहिवार, माघ २४, २०७५

दक्षिण अफ्रिकामा नोभेम्बरमा लगातार १४ औं महिनामा सुनको उत्पादन ओरालो लागेको छ । मासिक रुपमा सुनको उत्पादनमा गिरावट आएको यो २०१२ देखिकै लामो अवधि भएको ब्लूमबर्गले जनाएको छ ।

2016
एजेन्सी
बिहिवार, माघ २४, २०७५

महिनौपछिको अवधिमा केही दिनपछि अमेरिकी तेल चिनियाँ गन्तव्यमा पुग्दैछ । व्यापार युद्धका बावजुद चीनले थप अमेरिकी सामग्री किन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएकै समयमा अमेरिकी तेल चीन पुग्न लागेको हो ।

1712
एजेन्सी
बिहिवार, माघ २४, २०७५

नौसेनाको क्षमता वृद्धिका लागि चीनले परमाणु हतियार जडित ४ नयाँ युद्धपोत बनाउने भएको छ । यसलाई २०३५ सम्म तयार गर्ने योजना रहेको छ । लडाकु विमान समेत राख्न मिल्ने यो पोत तयार भएपछि चीनसँग युद्धपोतको संख्या ६ पुग्ने छ । जुन अमेरिकापछि दोस्रो बढी हो ।

819
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

पति–पत्नीबीच कुनै पनि विषयलाई लिएर झगडा हुन सक्छ । यो कुराबाट हरेक विवाहित जोडी सतर्क हुने गरेका छन् । टिभीको रिमोट, खानमा स्वाङ, चिसो तौलिया, कपडा जहातही फ्याक्नु, कुनैपनि चिज ठेगानमा नराख्नु, कतै जादा पत्नीलाई तयार हुन समय लाग्नु, धेरै किनमेल गर्नु आदी आदी कुराले पति–पत्नीबीच झगडा हुने गर्छ । तर चीनमा एक जोडीबीच अनौठो किसिमको घटना भएको छ ।

660
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

दिमागी शक्तिको मामिलामा पुरुषको तुलनामा महिलालाई बढी फाइदा देखिएको छ । उनीहरूको दिमाग औसतमा पुरुषको तुलनामा ४ वर्ष बढी जवान हुने गरेको अध्ययनले देखाएको छ ।

594
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

अमेरिकाले मध्यम परमाणु शक्ति (आईएनएफ) सन्धिबाट बाहिरिने बताएपछि अमेरिकामा अस्त्रले फेरो लगाउने चेतावनी रूसी मिडियाहरूले दिएका छन् । यो सन्धि युरोपमा शीतयुद्धकालको जस्तो हतियारको होड हुन नदिनका लागि एक मात्र अवरोध थियो ।

1333
रासस
बुधवार, माघ २३, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसमा मंगलबार आफ्नो दोस्रो स्टेट अफ द युनियनको सम्बोधनमा एक विशेष पाहुनालाई बोलाएका थिए । उक्त विशेष पाहुना ११ वर्षको बच्चा थियो । उनी ६ कक्षामा पढ्ने छात्र हुन् र उनको राष्ट्रपति ट्रम्पको परिवारसँग कुनै सम्बन्ध छैन ।

672
एजेन्सी
मंगलबार, माघ २२, २०७५

उत्तर कोरियाली नेता किम जोङ उन तथा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते साथसाथै देखिए भने यो विश्वका लागि ठूलै कुरा हुनेछ । हङकङमा यस्तै भएको छ । दुवै नेताका उस्तै देखिने दुई व्यक्ति साथै देखिए । दुवैले साथमै खाना खाएका छन् । दुवै हमसकलको फोटो खिच्नका लागि रेष्टुरामा भीडनै भेला भएको थियो ।

800
एजेन्सी
सोमवार, माघ २१, २०७५

नेपालमा कुनै पनि मनिस स्वेच्छाले जेल जान चाहदैन । जेल जाने डलर अपराध गरेपनि लुकाउन खोज्छन् । तर जापानका बुढाबुढीमा भने अवस्था फरक छ । पछिल्लो समयमा जापानमा बुढाबुढीले गर्ने अपराधको संख्यामा वृद्धि भएको छ । एक्लो तथा गरिब जीवन जिउनुको सट्टा उनीहरु अपराध गरेर जेल जान राम्रो सम्झन थालेका छन् । प्रहरीका अनुसार विगत २० वर्षको अवधिमा ६५ वर्ष भन्दा बढी उमेरका मानिसको जेल जाने संख्यामा लगातार वृद्धि भइरहेको छ ।

965