एजेन्सी
बुधवार, फाल्गुन १, २०७५

भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरनेटबाट बाहिरिने भएको छ । यसको परिक्षण अप्रिल अगावै सुरु हुने छ । यो परिक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुस भित्रै हेरिनेछ ।

760
एजेन्सी
बुधवार, फाल्गुन १, २०७५

एसियाकै धनी मुकेश अम्बानीकी छोरी ईशापछि छोरा आकाश अम्बानी विवाहा ९ मार्चमा श्लोका मेहतासँग हुने भएको छ । विवाह जियो वल्र्ड सेन्टरमा हुने भएको छ । विवाहको कार्यक्रम तीन दिन सम्म चल्ने बताइएको छ । परिवारको परम्परा अनुसार मुकेश तथा उनकी पत्नी नीता अम्बानीले विवाहको पहिलो निमन्त्रणा सिद्धिविनायक मन्दिरमा चढाएका छन् ।

1313
एजेन्सी
बुधवार, फाल्गुन १, २०७५

जापानी राजधानी टोकियोको नजिक रहेको सेतामा क्षेत्रको एक बगैचाबाट ४ सय वर्ष पुरानो बोनसाई रुख चोरी भएको छ । यो रुखका साथसाथै अन्य ७ दुर्लभ रुख पनि चोरी भएको छ । यी सबैको मूल्य १ लाख १८ हजार डलर अर्थात १ करोड ३५ लाख रुपैयाँ भन्दा पनि बढी रहेको छ । सजावटमा प्रयोग हुने सिपांकुको ४ सय वर्ष पुरानो बोनसाईलाई यसै मिहनाको एक प्रतियोगितामा राखिने योजना रहेको थियो । यसको मूल्य ९० हजार डलर अर्थात् १ करोड रुपैयाँ थियो ।

811
एजेन्सी
बुधवार, फाल्गुन १, २०७५

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुस र चीनले अन्तरिक्षमा आफ्नो क्षमता बढाउदै लगेकाप्रति सावधान गराएको छ । यसबाट अमेरिकालाई लेजर हतियार समेत कैयौ किसिमको खतरा बढेको छ । लेजरबाट अमेरिकी उपग्रहलाई निशाना बनाउन र नष्ट गर्न सकिन्छ । पेन्टागनको रक्षा गुप्तर प्रतिवेदनमा भनिएको छ,“चीन र रुसले विशेषगरी अन्तरिक्षमा अमेरिकालाई चुनौती दिनका लागि विविध उपायको विकास गरिरहेका छन ।” सोमबार जारी यो प्रतिवेदनमा रुस तथा चीनको विविध उपग्रह प्रतिरोधी हतियार, इलेक्ट्रोनिक युद्ध प्रणाली, निर्देशित उर्जा हतियार तथा काइनेटिक एन्टि–स्याटेलाईट मिसाइको विवरण दिइएको छ ।

549
एजेन्सी
मंगलबार, माघ २९, २०७५

अस्थायी सुरक्षाको दर्जा (टीपीएस) अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय बिरुद्ध नेपाल र होन्डुरसबाट आएका आप्रवासीकोतर्फबाट आप्रवासन वकिलले सोमबार ट्रम्प बिरुद्ध संघिय मुद्धा दायर गरेका छन् । समान किसिमको तर्क प्रस्तुत गर्दै संघिय न्यायधीशले यस किसिमको सुरक्षाको अन्त्य गर्ने समय पर सारेका छन् ।

683
एजेन्सी
मंगलबार, माघ २९, २०७५

अमेरिकी रिपब्लिकन सांसद सेन एलिजावेथ वारेनले राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल पुरा गरेको वर्ष अर्थात २०२० को राष्ट्रपति चुनाव भन्दा पहिलेनै जेलमा जाने बताएकि छन् । अमेरिकी रिपब्लिकन सांसद ६९ वर्षिय वारेनले शनिबार आगामी राष्ट्रपति चुनाव लड्ने आधिकारिक घोषणा गरेकि थिइन् ।

735
एजेन्सी
मंगलबार, माघ २९, २०७५

सरकारी कामकाज पुनः ठप्प हुन नदिन र अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउने विषयलाई लिएर अमेरिकी सांसदबीच सम्झौता भएको छ । सोमबार राती भएको यो सम्झौता अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पर्खाल बनाउनका लागि १.४ अर्ब डलरको स्वीकृति दिइएको छ । संसदीय सहयोगीका अनुसार ट्रम्पको रिपब्लिकन पार्टि कुनै पनि अवस्थामा फेरी सरकारी कामकाज ठप्प पार्ने पक्षमा रहेको छैन । यो अवस्थामा उनलाई पर्खाल बनाउनकाा लागि उपलव्ध हुने रकममा सम्झौता गर्न परेको छ ।

777
एजेन्सी
मंगलबार, माघ २९, २०७५

“जाम, चिसो र भीडबाट मुक्त हुनका लागि गृष्मकालिन अवधिमा चिसो र हिउदमा न्यानो हुने नेपालमा नयाँ वर्ष मनाउनुहोस्,” यो नेपाल पर्यटन बोर्डले चलिरहेको चिनियाँ लुनार नयाँ वर्षको अवसरमा चिनियाँ जनतालाई लक्षित गरी प्रवाह गरेको सन्देश हो । नेपालको पर्यटन क्षेत्रका लागि भारतपछि दोस्रो ठूलो स्रोत बजारको रुपमा चीन परेको छ । नेपालले चिनियाँ पर्यटक भित्र्र्याउनका लागि हर सम्भव प्रयास गरिरहेको छ ।

846
एजेन्सी
मंगलबार, माघ २९, २०७५

भेनेजुयलाको मानविय संकटको प्रमाणको रुपमा याहाँका महिलाको अनुहारले बताउन थालेको छ । उनीहरुको बोलीमा पीडा र आखामा उदासिनता देखिन थालेको छ । २ वर्ष अगाडि आफ्नी आमा र तीन छोराछोरी छोडेर सर्टिफाइड नर्स मारिजा भेनेजुयलाबाट कोलम्बिया गएकि थिइन् ।

1093
एजेन्सी
मंगलबार, माघ २९, २०७५

हंगेरीमा ४ सन्तानकी आमालाई जीवनभर आय करमा छुट र नयाँ कार किन्नका लाग ७ हजार पाउन्डको पुरस्कार दिइने भएको छ । जन्म दर वृद्धि गराउने प्रयास स्वरुप हंगेरी सरकारले यो घोषणा गरेको हो ।

652
एजेन्सी
सोमवार, माघ २८, २०७५

विश्वकै ठूलो अटो बजारमा विश्वका ठूला अटो निर्माताहरु समस्यामा परे पनि टोयोटा भने अगाडि बढ्दै गरेको छ । विगत २ दसकको अवधिमा गत वर्ष पहिलो पटक चीनमा कार बिक्री ओरालो लागेको थियो । जीएमको बिक्री १० प्रतिशत, फोर्डको ३७ प्रतिशत, फक्सवागनको पनि ओरालो लागेको अवस्थामा टोयोटाको बिक्री भने १४ प्रतिशतले वृद्धि भएर १५ लाख पुगेको छ ।

492
एजेन्सी
सोमवार, माघ २८, २०७५

आर्थिक वृद्धि कम हुने अवस्थाबाट सिर्जना हुन अवस्थाको सामना गर्नका लागि तयार हुन अन्तर्राष्ट्रिय मुद्रा कोषकी (आईएमएफ) कि प्रमुखले विश्वका सरकारहरुलाई सावधान गराएकि छन् । कोषकी प्रमुख क्रिश्टिना लेगार्डले दुबईमा भएको एक शिखर सम्मेलनमा भनेकि छन्,“हामी एक यस्तो अर्थव्यवस्था देखिरहेका छौ, जुन अनुमान भन्दा पनि सुस्त रुपमा वृद्धि भइरहेको छ ।”

445
एजेन्सी
सोमवार, माघ २८, २०७५

उमेर ९० काटेपछि वृद्धाश्रम जानेकि सवारी चलाएर बस्ने ? यो एउटा बहसको विषय हुन सक्छ । तर उमेरको कुनै वास्तानै नगरिकन संयुक्त अरब इमिरेट्समा ९७ वर्षिय वृद्धले ४ वर्षका लागि आफ्नो सवारी चालक अनुमती पत्र (लाइसेन्स) नविकरण गरेका छन । टी एच डी मेहतको जन्म १९२२ मा भएको थियो । उनी दुबईको सडकमा सवारी चलाउने ९० वर्ष उमेर भन्दा माथिका पहिलो व्यक्ति हुन् । गल्फ न्यूजले शनिबार उनको लाइसेन्स २०२३ को अक्टोबरसम्मका लागि वैध भएको जनाएको छ ।

505
एजेन्सी
सोमवार, माघ २८, २०७५

क्रिश्टियानो रोनाल्डोकी आमाले १ दसक भन्दा बढीको अवधिमा क्यान्सरलाई परास्त गरेपछि पुनः जीवनको संघर्ष गरिरहेको बताएकि छन् । ६४ वर्षिय डोलोरेस अभेइरोलाई २००७ मा स्तन क्यान्सर भएको थियो । उक्त समयदेखि उनलाई शल्यक्रिाय र रेडियो थेरापी गरिदै आएको छ । ४ सन्तानकी आमाले हाल आएर पुनः आफ्नो अर्को स्तनको शल्यक्रिया गरेको ब ताएकि छन् । उनी रेडियोथेरापीको नयाँ अध्यायनमा पनि प्रवेश गरेकि छन् ।

742
एजेन्सी
सोमवार, माघ २८, २०७५

यमनमा १२ वर्षिय पुरुषको अपहरण गरेर बलात्कार गर्ने दुई पुरुषलाई सार्वजनिक स्थलमै गोली ठोकेर मारिएको डेली मेलले जनाएको छ । २८ वर्षिय वादाहा रेफाट र ३१ वर्षिय मोहमद खालिदमाथि गत वर्षको मे महिनामा मोहमद साद नाम गरेका किशोरलाई अपरहरण गरेर हत्या गरेको आरोप लागेको थियो ।

2708