एजेन्सी
शुक्रवार, माघ ३, २०७६

अमेरिका र चीनबीच पहिलो चरणको आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता भएको समाचार छ । उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गर्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा अमेरिकी केही ठूला व्यापारिक घरानाका व्यक्तिहरुको सहभागितामा दुवै देशका उच्च अधिकारीबीच गरिएको यो सम्झौतालाई कतिपयले व्यापार युद्ध कम गर्ने विषयको सम्झौता पनि भएको हो भनी बताएका छन् ।

280
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्सले सिनेटमा पठाएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ । यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्समा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १ सय ९३ जनाले विपक्षमा मतदान गरेका थिए ।

242
एजेन्सी
बिहिवार, माघ २, २०७६

केन्यामा आफ्नो पति अर्कै महिलासँग देखेपछि एक महिलाले केवल १ हजार ८ सय ११ रुपैयाँमा पतिलाई बिक्री गरेकी छन् । एडना मुकावानाले आफ्नो ओछ्यानमा पतिलाई अर्की महिलासँग देखेपछि उनलाई घरबाट निकालिदिएकी हुन् । यसअघि उनले सौतासँग केवल १७ डलर लिएर उनको पतिलाई सधैंका लागि छोड्न भनेकी थिइन् ।

802
रासस
बिहिवार, माघ २, २०७६

घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराइरहेका अधिकारीले मंगलबार जानकारी दिएका छन् । उनीहरूका अनुसार कुल ५८ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अरू ८२ वटा घरमा पनि आशिक क्षति भएको छ । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीले घटनास्थलबाट थप विवरण आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य भइरहेको जनाएका छन् । देशको नीलम उपत्यकामा सबैभन्दा धेरै हिमपात र वर्षाको असर परेको छ ।

277
एजेन्सी
बिहिवार, माघ २, २०७६

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गरेका छन् । हालै सार्वजनिक गरिएका २२ मन्त्रीमध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको छ । उनले आफू नेतृत्वको गठबन्धन सरकारले बहुपक्षीय सुझाव–सल्लाहलाई आधार मानेर स्पष्ट मार्गमा हिँड्ने बताएका छन् ।

213
एजेन्सी
बुधवार, माघ १, २०७६

यस वर्षको ग्रीष्मकालीन मौसममा अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको थियो । उक्त आगलागीमा १ अर्ब जनावर मरेको र अस्ट्रेलियाको धूवाँ दक्षिण अमेरिकासम्म पुगेका समाचार पनि बाहिरिएका छन् । तपाईंलाई अचम्म लाग्न सक्छ, यो धूवाँले पूरै पृथ्वी घुम्न सक्छ । तर, नासाले अस्ट्रेलियाको डढेलोको धूवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ ।

215
एजेन्सी
बुधवार, माघ १, २०७६

गत हप्तादेखि अवरुद्ध रहँदै आएको लिबियाली राजधानी त्रिपोलीस्थित विमानस्थल पुनः सञ्चालनमा आएको छ । शक्तिशाली खलिफा हफ्तरको सेनाले त्रिपोली नियन्त्रणका लागि नौ महिना संघर्ष गरेपछि सम्झौता भएको हो । लिबियाको राष्ट्रिय ध्वजावाहक विमानले सोमबारदेखि नै त्रिपोली–मिटिगा आवतजावतका लागि उडान सञ्चालन गरिसकेको छ भने अन्य निजी कम्पनीहरूले पनि आफ्ना सेवालाई सञ्चालनमा ल्याएको बताए ।

151
एजेन्सी
बुधवार, माघ १, २०७६

बेलायती राजकुमार ह्यारी दम्पतीको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरू र राजकुमार ह्यारीसमेतका बीचमा छलफल भएको राजपरिवार स्रोतले जनाएको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो ।

173
एजेन्सी
मंगलबार, पुष २९, २०७६

२०१९ को अधिकांश समयमा लगानीकर्ताहरूको ध्यान व्यापारयुद्धमा गएको थियो । तर, अमेरिका–इरानबीचको तनावले व्यापारयुद्धको तनाव ओझेलमा पर्न सक्ने विज्ञहरूले सोमबार बताएका छन् । “यो वर्ष लगानीकर्ताका लागि चीन–अमेरिकाबीचको व्यापार युद्धको तुलनामा इरान वास्तवमै महŒवपूर्ण हुने मलाई लागको छ,” पूर्व बेलायती कूटनीतिज्ञ र अलाभान बिजनेस एडभाइजरीका निर्देशक अलास्टेर न्यूटनले बताए ।

403
एजेन्सी
मंगलबार, पुष २९, २०७६

ताइवान आफ्नै भएको पक्षमा परिवर्तन नगरिने बेइजिङले जनाएको छ । राष्ट्रपति साइ इङ–वेन पुनः निर्वाचित भएको र आपूmले चीनको धम्की नमान्ने बताएपछि बेइजिङका तर्फबाट यस्तो भनाइ आएको हो । प्रजातान्त्रिक टापुलाई एक देशभित्रको दुई व्यवस्था स्वीकार गर्नका लागि भएको चिनियाँ प्रयासले वर्चस्व पाएको चुनावी अभियानका बावजुद वेनले विजयी भएकी हुन् ।

356
एजेन्सी
मंगलबार, पुष २९, २०७६

अस्ट्रेलियामा आगो अझैँ पनि पूरै नियन्त्रणमा आइसकेको छैन । यद्यपि केही क्षेत्रमा भने आगोलाई पूरै नियन्त्रण गरिसकिएको छ । यसपछि नयाँ बिरुवाहरू पनि उम्रिन थालेका छन् । यसपछि त्यहाँका अग्नि नियन्त्रकहरू जनावरलाई बचाउनतर्फ लागेका छन् । डेली मेलको समाचारअनुसार अस्ट्रेलियाको आगोबाट १ अर्बभन्दा बढी जनावरको मृत्यु भएको छ ।

905
एजेन्सी
सोमवार, पुष २८, २०७६

सुनको स्वामित्व गुप्त राख्ने रणनीतिक अवस्था बलियो बन्दै गएको गोल्डम्यान स्याक्सका विश्लेषकले बताएका छन् । विशेषगरी विश्वका उपल्लो धनीमाझ राजनीतिक अनिश्चितता, मन्दीको त्रास र अन्य चिन्ताजस्ता तत्वले यस्तो अवस्था सिर्जना गर्ने गरेको छ । विगत तीन वर्षको अवधिमा भौतिक सुनको खरिदमा वृद्धि भएको तथ्यांकले देखाएको छ ।

486
एजेन्सी
सोमवार, पुष २८, २०७६

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएकामध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरूको मृत्यु भएको हो । त्यसैगरी ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरू बाटोमै रोकिएका थिए ।

309
एजेन्सी
सोमवार, पुष २८, २०७६

इरानमा गत साता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपति रउहानीले बताएका छन् । राष्ट्रपति रउहानीले सो कुरा क्यानडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिसमक्ष फोनमार्फत बताएका हुन् । इरानी राष्ट्रपति रउहानीले शनिबार क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेको इरानी समाचार समिति इर्नाले जनाएको छ ।

261
एजेन्सी
सोमवार, पुष २८, २०७६

लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरूले प्रदर्शन गरेको जनाइएको छ । प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरूले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरूको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनी अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

251