कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

विगतका वर्षहरुमा जनवरी ८ उत्तर कोरियालीका लागि विशेष दिन हुने गरेको थियो । यो दिन उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको जन्म दिन हो ।

837
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

साउदी अरबको खेलकुद रंगशाला शुक्रबार पहिलो पटक महिलाका लागि खुला हुने भएको छ । साउदीको सूचना मन्त्रालयले विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो । १२ जनवरीमा अल अहली तथा अल ब्याटिन टोलीबीच हुने फूटबल खेल हेर्नका लागि महिलालाई अनुमती दिइएको छ ।

924
एजेन्सी
मंगलबार, पुष २५, २०७४

स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा आएका ५२ मुलुकमा भएको दक्षिण कोरियाली निर्यात अघिल्लो वर्षको तुलनामा गत वर्ष झन्डै २० प्रतिशतले वृद्धि भएको छ ।

912
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

डिसेम्बरमा अमेरिकामा अपेक्षा गरिएभन्दा थोरै संख्यामा मात्रै रोजगारी थपिएको छ । गैर कृषिक्षेत्रमा गत महिना १ लाख ४८ हजार रोजगारी थपिएको छ । खुद्रा क्षेत्रको रोजगारी गुमेको अवस्थामा पनि थोरै संख्यामा मात्रै रोजगारी थपिएको श्रम विभागले जनाएको छ ।

755
रासस
सोमवार, पुष २४, २०७४

अघिल्लो महिनाको तुलनामा डिसेम्बरमा म्यानुफ्याक्चरिङको वृद्धि थोरैले ओरालो लागेको चिनियाँ सरकारको सर्भेले देखाएको छ । बैंकिङ कर्जा प्रवाहमा सरकारी नियन्त्रण कायम भएपछि म्यानुफ्याक्चरिङ गतिविधि ओरालो लागेको हो ।

698
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

भारत र चीनबीच हिमालयको सीमामा भएको सीमा विवादपछि फेरी अर्को सीमामा विवादको संकेत देखिएको छ । भारतले भुटानको पूर्वमा रहेको अरुणान्चल प्रदेश आफ्नो २९ राज्य मध्येको एक भएको मान्दै आएको छ भने चीनले यो क्षेत्रलाई दक्षिणी तीब्बतको अंश मान्दै आएको छ । यो क्षेत्र १९६२ को दुई देशबीच भएको लडाइको प्रमुख कारण भएको थियो । यो चीन–भारत सीमानामा रहदै आएको छ । यसलाई लाइन अफ एक्चुअल कन्ट्रोलले विभाजन गर्दै आएको छ ।

1088
एजेन्सी
बिहिवार, पुष २०, २०७४

श्रीलंकाको प्रमुख बन्दरगाहनजिकको प्रमुख आयोजनामा निर्माण हुने तीनवटा ६० तले भवनमा चीनले १ अर्ब डलर लगानी गर्ने भएको कोलम्बोले जनाएको छ । बेइजिङले हिन्द महासागरमा आफ्नो प्रभाव बढाउने लक्ष्य निर्धारण गरेसँगै यो परिमाणको लगानी गर्न लागेको हो ।

1559
एजेन्सी
बुधवार, पुष १९, २०७४

चीनको नयाँ हाइपरसोनकि ब्यालेस्टिक क्षेप्यास्त्र अमेरिका, भारत तथा जापानका लागि खतरा भएको बताइएको छ । टोकियोको ‘डिप्लोमेट’ पत्रिकाले गत महिना अमेरिकी जासुसी सुत्रको हवाला दिँदै चीनको जनमुक्ती सेना (पीएलए) ले रकेट फोर्सबाट नयाँ हाइपरसोनिक ग्लाइड व्हीकलको परिक्षण गरेको उल्लेख गरेको छ । यो हतियारलाई डीएफ–१७ नाम दिइएको छ ।

5066
एजेन्सी
बुधवार, पुष १९, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग झन ठूलो परमाणु बटन भएको जवाफ फर्काएका छन् । दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेको समयमा किमलाई अमेरिकाको परमाणु क्षमताको बारेमा जाकारी गराउदै यस्तो जवाफ फर्काएका हुन् ।“उत्तर कोरियाली नेता किम जोङ उनले हालै मात्र आफ्नो टेबुलमा परमाणु बटन भएको बताएका थिए । खाद्यान्नको अभाव भएको र गरिबीमा रहेको मुलुकका कोहीले किमलाई जानकारी गराउन कि मसँग पनि परमाणु बटन छ । तर यो किमसँग भएको तुलनामा धेरै

1527
एजेन्सी
मंगलबार, पुष १८, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि आरोप लगाएका छन् कि उसले लुकिछिपी उत्तर कोरियालाई तेलको आपूर्ति गरिरहेको छ । चीनले यस्तो काम गरिरहेको समयमा रंगे हात पक्राउ गरिएको दावी ट्रम्पले गरेका छन् । यो भन्दा पहिले पनि दक्षिण कोरियाले भू–उपग्रहको इमेजको हवाला दिएर चीनको जहाजले उत्तर कोरियाको जहाजमा तेल खन्याइरहेको दावी गरेको थियो । यी सबै क्रियाकलाप जारी हुने हो भने उत्तर कोरियाको समस्याको समाधान कहिले पनि नहुने ट्रम्पले बताएका छन् ।

2292
एजेन्सी
मंगलबार, पुष १८, २०७४

मंगलबा तेलको मूल्यमा २०१४ देखिकै मजबुत सुरुवात भएको छ । इरानी तनाव र ओपेक तथा रुसको चालू अवस्थाको आपूर्ति कटौतीका कारण कच्चा तेलको मूल्य २०१५ मो मध्यको उच्च नजिक कायम भएको छ ।

1409
एजेन्सी
मंगलबार, पुष १८, २०७४

मंगलबार सुनको मूल्य ३ महिना भन्दा बढी अवधिकै उच्च कायम भएको छ । गत साता पनि मूल्य प्रति औंस १ हजार ३ सय डलर माथि पुगेको थियो ।खुद्रा सुनको मूल्यमा ०.२ प्रतिशतको वृद्धि भई प्रति औंश १ हजार ३ सय ५डलर ९३ सेन्ट कायम भएको छ । यो मूल्य सेप्टेम्बर २६ देखिकै उच्च हो । उक्त समयमा मूल्य १ हजार ३ सय ७ डलर ६३ सेन्ट कायम भएको थियो ।

881
एजेन्सी
सोमवार, पुष १७, २०७४

उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु हतियारको बटम सधै आफ्नै टेबुलमा रहने गरेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन् ।“पुरै अमेरिकी मुख्यभूमि हाम्रो परमाणु हतियारको क्षेत्रमा छ र परमाणु बटम मेरै कार्यालयको टेबुलमा छ । अमेरिकाले यसलाई चेतावनीको रुपमा मात्रै नभई वास्तविकताको रुपमा लिनु आवश्यक छ,” किमले नयाँ वर्ष को वार्षिक सम्बोधनको क्रममा भनेको सीएनएन भाषण अनुवादले जनाएको छ ।

2553
एजेन्सी
आइतवार, पुष १६, २०७४

बजेट स्मार्टफोन निर्माताहरूको ध्यान दक्षिण कोरियाली बजारतर्फ गएको एक औद्योगिक स्रोतले जनाएको छ । नयाँ वर्षमा सस्तो स्मार्टफोनतर्फ आकर्षित भइरहेका उपभोक्तालाई आकर्षित गर्नका लागि उनीहरूको ध्यान दक्षिण कोरियामा गएको हो । सामसङ इलेक्ट्रोनिक्स कम्पनीले जनवरीमा ५.६ इन्चको ग्यालेक्सी ए–८ र ६ इन्चको ग्यालेक्सी ए–८ प्लस सार्वजनिक गर्ने भएको छ ।

1126
एजेन्सी
शुक्रवार, पुष १४, २०७४

अटोमेसनले पारिश्रमिकको असमानता बढाउने भएकाले बेलायत सरकारले यसलाई रोक्नुपर्ने चेतावनी इन्स्टिच्युट अफ पब्लिक पोलिसी रिसर्चले दिएको छ ।अर्थतन्त्रका लागि रोबोट अनावश्यक रूपमा हानिकारक हुने दाबी संस्थाको छ । कम सीप भएका रोजगारी आगामी दशकमा हराउने र उच्च सीप भएका कामदारले मात्रै राम्रो तलब सुविधासहित काम पाउने चेतावनी पनि संस्थाले दिएको छ ।सरकारले सबैका लागि अटोमेसनको काम सिर्जना गर्न आफू प्रतिबद्ध भएको जनाएको छ ।

972